पुन समाज नेपालको अध्यक्षमा भिमबहादुर दोहोरिए, सात बुदे म्याग्दी घोषणापत्र जारी

Gandaki Ghumau

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा मंगलबार सम्पन्न पुन समाज नेपालको चौथो महाधिवेशनबाट भिमबहादुर फगामी पुनको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

चितवनका पुन समाजको अघिल्लो कार्यकालको पनि अध्यक्ष हुनुहुन्थ्यो । समाजको बरिष्ठ उपाध्इक्षमा पूर्णबहादुर गर्बुजा पुन (कास्की), उपाध्यक्ष÷प्रवक्तामा खिमन शेरपुजा पुन (कास्की), उपाध्इक्षमा डिलकुमारी पहरे पुन (चितवन), उपाध्यक्ष राजु शेरपुजा पुन (काठमाडौ) महासचिवमा चन्द्रप्रकाश पाईजा पुन (कास्की), सचिवमा रवि गर्बुजा पुन (म्याग्दी) र कोषाध्इक्षमा बलबहादुर तिलिजा पुन (कास्की) चयन हुनुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

सदस्यहरुमा मनजित गर्बुजा पुन, ओमप्रसाद पुन, चन्द्रबहादुर तिलिजा पुन, चिनबहादुर खोरजा पुन, नन्दबहादुर गर्बुजा पुन, गिता पाईजा पुन, रकबहादुर पुर्जा, लालबहादुर पहरे पुन, बागबिर पाईजा पुन, चामबहादुर गर्बुजा पुन, डिलकुमारी तिलिजा पुन, नरबहादुर पुर्जा पुन, मनबहादुर गर्बुजा पुन, पदमबहादुर चोचाङ्गी पुन, खमबहादुर पुर्जा पुन, झगबहादुर पाईजा पुन, चिनमाया पुन, जितबहादुर पुर्जा पुन, मनमाया पाईजा पुन र खमबहादुर पुर्जा पुन चयन हुनुभएको छ ।

महाधिवेशनले सात बुदे म्याग्दी घोषणापत्र जारी गरेको छ । एक वर्षभित्र पुन जाती भएका सबै देशहरुमा भातृ संगठन विस्तार गर्ने, जिल्ला समिति नभएका सबै जिल्लहरुमा समिति गठन गर्ने, आजिवन सदस्यताको संख्या पाँच हजार र साधारण सदस्यताको संख्या ५० हजार पु¥याउने, पुन जातिको भौतिक अभौतिक सांस्कृति सम्पदाको सूची तयार पारी संरक्षण गर्ने, पुन जातीको लागो र झण्डा अन्य संस्था संस्था वा व्यक्तिलाई प्रयोग गर्न बन्देज गर्ने र पुन जातीको भाषा, लिपि अनुसन्धानको लागि विज्ञहरु नियुक्त गरि अध्ययन शुरु गर्ने घोषणापत्रमा उल्लेख छ ।

देशभरका पुन समाजका प्रतिनिधीहरुको सहभागिता रहेको महाधिवेशनको लोकवार्ता तथा वरिष्ठ भाषा विज्ञ माधबप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो । महाधिवेशन उद्घाटन अघि मौलिक भेषभुषामा सजिएका पुन समाजका प्रतिनिधीहरुले झाँकी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समाजका विभिन्न जिल्ला तथा शिखका कलाकारहरुले पुरख्यौली नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...