
गणेश गुरुङ (सुरेन)
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा सोमबार देखि पुन समाज नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुरु भएको छ ।
महाधिवेशनको लोकवार्ता तथा वरिष्ठ भाषा विज्ञ माधबप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो । देशभरका पुन समाजका प्रतिनिधीहरुको सहभागिता रहेको महाधिवेशनबाट समाजको नयाँ नेतृत्व चयन हुनेछ् ।

महाधिवेशन उद्घाटन अघि मौलिक भेषभुषामा सजिएका पुन समाजका प्रतिनिधीहरुले झाँकी प्रस्तुत गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा समाजका विभिन्न जिल्ला तथा शिखका कलाकारहरुले पुरख्यौली नृत्य प्रस्तुत गर्नुभएको थियो ।

समाजका अध्यक्ष भिमबहादुर फगामी पुनको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गर्बुजाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । यसैगरी महासचिव खिमन शेरपुजा पुनले संस्थाको गतिबिधी समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका ५ का वडा अध्यक्ष राजेश तिलिजा पुन र वडा नं. ६ का अध्यक्ष रामबहादुर खड्का लगायतको उपस्थिति थियो ।

