लेतेमा सेञ्चुरी बैंक

Gandaki Pardesh notice

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा सेञ्चुरी कर्मसियल बैंकले आइतबार ११५ औ शाखा स्थापना गरेको छ ।

शाखाको गण्डकी प्रदेशका सांसद महेन्द्र थकालीले उद्घाटन गर्नुभयो । बैंक स्थापना भएपछि लेतेका बासिन्दा र ब्यवसायीहरुलाई आर्थिक कारोबार गर्न सहज भएको छ । लेतेका साथै घाँसा र कुञ्जोका बासिन्दा पनि लाभान्वित हुनेछन् ।

यसअघि आर्थिक कारोबारका लागि कोबाङ र जोमसोम जाने गरेका थिए । स्थानीयबासी नरसिंह शेरचनले बैंक नहुँदा परेको समस्याको बारेमा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनलाई गुनासो गरेपछि उहाँले पहल गरेर सेञ्चुरी बैंकले शाखा खोलेकोमा खुसी ब्यक्त गर्दै धन्यवाद दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रमुख अतिथि प्रदेश सांसद थकालीले प्रभावकारी, सहज र छिटो छरितो रुपमा सेवा प्रवाह गर्न बैंकका कर्मचारीहरुलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले प्रहरी प्रशासनबाट सुरक्षाको ब्यवस्थापन मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

सेञ्चुरी बैंकका क्षेत्रीय प्रबन्धक रमेश बञ्जराले बचत, कर्जा लगानी, रेमिटेन्स, एटिएम लगायत बैंकले प्रदान गर्ने सबै सेवा शाखामा उपलब्ध रहेको बताउनुभयो । छ महिनासम्म लेते शाखामा निशूल्क खाता खोल्ने ब्यवस्था मिलाउने बताउनुभयो । कार्यक्रमको सञ्चालन स्थानीय मनकुमारी शेरचनले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...