‘कर्मयोगी करवीर र कर्मवीरहरू’ पुस्तक विमोचन

Gandaki Kotihome

दरबाङ, । जनप्रिय मा. वि. दरबाङका जग्गादाता, समाजसेवी, शिक्षाप्रेमी क्या. स्व. करवीर फगामीको शताब्दियौं जयन्ति मनाइएको छ । उक्त अवसरमा साहित्यकार अजयमिलन श्रेष्ठको २७ औं कृति ‘कर्मयोगी करवीर र कर्मवीरहरू’ पुस्तक विमोचन गरिएको थियो ।
पुस्तक विमोचन तथा लोकार्पण कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजा, विशिष्ट अतिथि जेष्ठ नागरिक द्वय लवीर फवाङ्गी र दिलमाया ‘डेकमा’ रोकाले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभएको थियो ।

Notice about ban dadalo
प्रमुख अतिथि गर्बुजाले क्या. करवीर फवाङ्गी र समाजसेवी व्यक्तित्वको योगदान र भूमिकालाई अभिलेखन गरेकोमा लेखकलाई धन्यवाद दिनुभयो । गर्बुजाले शिक्षाप्रेमी समाजसेवीहरूका बारेमा स्थानीय पाठ्यक्रममा समावेश गरी उनीहरूको योगदानको सम्मान गरिने प्रतिबद्धता जनाउनुभयो । 

जीवनी संग्रह पुस्तकमा स्व. फवाङ्गी लगायत अन्य बाह्र जना समाजसेवीहरूको जीवनी समाहित छ । पुस्तक फवाङ्गीका पत्नी स्व. नन्दमतिप्रति समर्पित छ । उक्त ऐतिहासिक र महत्वपूर्ण कार्य गरेकोमा आयोजक फवाङ्गी परिवारद्वारा प्रकाशक सृजना श्रेष्ठलाई कदर–पत्र प्रदान गर्नुका साथै लेखक श्रेष्ठलाई रु. एकलाख पाँच हजार प्रोत्साहन पुरस्कार सहित सम्मान गरिएको थियो ।

Shreekrishna hardwear in news
 फवाङ्गी दम्पति क्या. करवीर र नन्दमतिको तस्बिरमा माल्यार्पण गर्दै प्रकाशक सृजना श्रेष्ठको स्मृतिगानबाट शुरु गरिएको कार्यक्रममा जीवनी समाहित दिवङ्गत सत्पात्रका सुपुत्रजन नरसिंबहादुर खत्री, दुर्गबहादुर खत्री र चन्द्रबहादुर छन्त्यालले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जनप्रिय माविका शिक्षक बालकृष्ण शर्माले क्या. फवाङ्गीको जीवनी वाचन गर्नुभएको थियो । 
 फवाङ्गी परिवारको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता स्व. करवीरका जेठा छोरा शिवनारायण फगामीले गर्नुभएको थियो । के. बि. एकेडेमीका प्रिन्सिपल विमल शर्माको सञ्चालन, एकेडेमीकै संस्थापक निर्देशक हिरा पुनको स्वागत मन्तन्य रहेको कार्यक्रममा स्व. फवाङ्जीका छोरी ज्वाइँ खिमबहादुर पूर्जाले धन्यवाद मन्तव्य राख्नुभएको थियो । 
Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...