ताकम पूर्ण खोप वडा घोषणा

Gandaki Kotihome

गोपाल आचार्य
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकमलाई शुक्रबार पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा गरिएको छ ।

साविक ताकम गाविसमा बसोबास गर्ने १६ देखि ५९ महिना सम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको हो ।

लक्षित उमेर समूहका बालबालिकाले तोकिएको खोप लगाएका र आगामी दिनमा जन्मने बच्चाहरुलाई पनि खोप लगाउने प्रतिवद्धता सहित पूर्णखोप घोषणा गरिएको धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सम्झना खाती क्षेत्रीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

उहाँका अनुसार शिखमा हाल १५ महिना भित्रका ३९ र १६ देखि ५९ महिना उमेर समूहका एक सय ३२ जना बालबालिका छन् । बालबालिकाहरुलाई रोगबाट बचाउन, बिरामी, अपाङ्गता र मृत्युदर घटाउने खोप कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

हेपाटाईटिस बि, जापनिज ईन्सेफलाईटिस, हेमोफिलस एन्फ्युएन्जा बि, रुबेला, न्युमोकोकल तथा आईपिभी, दादुरा रुवेलाको दोस्रोमात्रा, झाडापखला विरुद्धको रोटा तथा टाईफाईड विरुद्धको खोप लगाउने नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम हो ।

यसअघि धवलागिरी गाउँपालिकाको मल्कवाङ र मराङलाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको थियो । वडा अध्यक्ष अशोक खत्रीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...