‘अख्तियार देखाएर कर्मचारी जिम्मेवारीबाट पन्छिन मिल्दैन’

Gandaki Kotihome

बेनी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजनामा शुक्रबार बेनीमा भ्रष्ट्राचार नियन्त्रणमा संलग्न निकायका प्रतिनिधीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी र कार्यालय प्रमुखहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा आयोगको पोखरा कार्यालयका प्रमुख आसमान तामाङले अख्तियारलाई देखाएर कर्मचारीहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने स्पष्ट पार्नुभयो ।

“अख्तियारले कुनै योजनाको बारेमा उजुरी परेपछि छानविनका लागि विवरण र कागजात मागेकै आधारमा काम र भुक्तानी रोक्नु गलत हो,” उहाँले भन्नुभयो “अख्तियारको पत्रलाई देखाएर काम र भुक्तानी रोक्ने अधिकारी पनि अख्तियारको कारबाहीको दायरामा आउने निर्णय भएको छ ।”

Shreekrishna hardwear in news

सार्वजनिक सम्पत्तीको हानिनोक्सानी रोक्नु सबैको जिम्मेवारी भएको बताउदै उहाँले गलत निर्णय र कामलाई साथ नदिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । गण्डकी प्रदेशमा वार्षिक एक हजार छ सय वटाको हाराहरीमा उजुरी परेकामा म्याग्दी जिल्लाका हाल पुराना दुई सहित १८ वटा उजुरी रहेका जानकारी दिनुभयो ।

Notice about ban dadalo

दुःख दिन र रिस पोख्नका लागि पनि अख्तियारमा उजुरी गर्ने प्रवृति देखिदाँ उजुरीको संख्या धेरै भएपनि अनुसन्धानका क्रममा थोरै मात्रको प्रमाण भेटिने र मुद्दा चलाउनुपर्ने अवस्था रहेको तामाङले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सफा नियत राखेर नियम र प्रक्रीयासँगत हिसाबले काम गरेमा कसैसँग डराउन नपर्ने बताउनुभयो । “डर मान्ने काममा डर मान्नुहोस, भर मान्नुपर्ने काममा आत्वश्विास र उच्च मनोवलका साथ काम गर्नुहोस,” प्रजिअ ढकालले भन्नुभयो “कर्मचारीले आफ्नो स्वार्थका लागि नागरिकलाई सेवा सुविधाबाट बञ्चित गर्ने, झञ्जट दिने काम गर्नु हुदैन् ।”

कार्यक्रममा नेकपा एमालेका नेता हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक सेरबहादुर केसीले उजुरीका कारण विकास आयोजना रोकिने समस्या बढेकोमा ध्यानाकर्षण गराउदै विकास आयोजना र सेवा प्रवाहसँग जोडिएका उजुरी अध्ययनमा प्राथमिकता दिन अनुरोध गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता चिरञ्जिवी शर्माको उपस्थिति रहेको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीका अध्यक्ष युवराज रोका, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठले छलफलमा भाग लिनुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...