म्याग्दी देखि ढोरपाटन जोड्ने सडक निर्माण अन्तिम चरणमा

Gandaki Ghumau

बेनी । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक निर्माण अन्तिम चरणमा पुगेको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक यसै आर्थिक वर्षभित्र ढोरपाटनसँग जोडिन लागेको हो । चालु आर्थिक वर्षमा संघीय सरकारले बिनियोजन गरेको बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले म्याग्दीको धवलागिरी गाउँपालिका–२ मरेनी देखि देखि ढोरपाटन जोड्ने सडकको मार्ग खोल्ने योजना सञ्चालन गरेको छ ।

रु. पाँच करोड बजेट बिनियोजन भएको योजना मार्फत हालसम्म तीन किलोमिटर मार्ग खुलेको र थप पाँच किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सडक डिभिजन मार्फतनै थप एक करोड बजेट बिनियोजन भएको योजनाबाट मुना–खोरीया–मरेनी खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।

Shreekrishna

काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । बेनीबाट मुना–खोरीया–मरेनी हुदै करिब ५६ किलोमिटर सडकको मार्ग खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

Gunasthariya Shiksya

“बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ”, उहाँले भन्नुभयो, “पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।”

जलजला, ढोरपाटन र उत्तरगंगा जाने पर्यटक तथा स्थानीयबासीहरुलाई यो सडक छोटो पर्ने पनि उहाँले बताउनुभयो । म्याग्दीको धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।

बेनी देखि तातोपानी–बाबियाचौर हुदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकार मार्फत कालोपत्र भएको छ । प्रप्रदेश सरकारले दरवाङ देखि ताकम मुना जोड्ने करिब २० किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शिर्षकमा योजना सञ्चालन गरेको गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले बताउनुभयो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडकखण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...