संस्थागत क्षमता मूल्याङ्कन नतिजा ः गण्डकीमा जलजला प्रथम

Gandaki Ghumau

बेनी । स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को गण्डकी प्रदेशका स्थानीय तहहरुको नतिजामा पर्वतको जलजला गाउँपालिका प्रथम भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा जलजलाले ९८.५ अंक प्राप्त गरेको हो ।

मूल्याङ्कन अनुसार जलजलाले शासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक प्रगतिमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधार १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा आठ तथा सहकार्य र समन्वयमा छ अंक प्राप्त गरेको छ । गत वर्ष ८६ अंक पाएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

पर्वतको महाशिला गाउँपालिकाले ८१.७५, मोदी गाउँपालिकाले ७८.२५, पैयु गाउँपालिकाले ८१, कुश्मा नगरपालिकाले ६७.७५, फलेवास नगरपाकिलो ७५.२५ र बिहादी गाउँपालिकाले ७१ अंक पाएका छन् ।

गाउँपालिका तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्न स्वमूल्याङ्कनले सहयोग गर्ने गरेको छ । आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउन पनि यसले भूमिका खेलेको छ ।

स्वमूल्याङ्कनको नतिजामा बेनी नगरपालिकाले ९०.२५, अन्नपूर्ण गाउँपालिकाले ८०.७५, धवलागिरी गाउँपालिकाले ६६.५, मालिका गाउँपालिकाले ७१, मंगला गाउँपालिकाले ७०.५, रघुगंगा गाउँपालिकाले ७६.७५ अंक प्राप्त गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...