जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ

Gandaki Ghumau

बेनी, । जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका–७ का सुमन श्रेष्ठ मनोनित हुनुभएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको निर्णय अनुसार प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले मंगलबार म्याग्दीका श्रेष्ठ लगायत गण्डकी प्रदेशका आठ वटा जिल्लाका खेलकुद विकास समितिका पदाधीकारीहरुलाई सपथ ग्रहण गराउनुभएको छ ।

गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले छ जिल्लामा अध्यक्ष सहित कोषाध्यक्ष र सरकारमा सहकार्यको भूमिकामा रहेको नेकपा एमालेले पाँच जिल्लामा अध्यक्ष र कोषाध्यक्ष पाउने गरी गरिएको सहमति बमोजिम पदाधिकारीहरु मनोनयन गरिएको हो ।

Shreekrishna

नेपाली काँग्रेसले पाँच जिल्लामा उपाध्यक्ष र सचिव तथा नेकपा एमालेले छ जिल्लामा उपाध्यक्ष र सचिबसहित पदाधिकारी मनोनयन गरिएको परिषदका अध्यक्ष एवं मन्त्री थापाले बताउनुभयो । जिल्ला खेलकुद विकास समिति म्याग्दीको उपाध्यक्षमा बिष्णुकुमारी रोका, सचिवमा कुमार किसान र कोषाध्यक्षमा नरेश पुन मनोनित हुनुभएको छ ।

Gunasthariya Shiksya

सपथ ग्रहण कार्यक्रममा मन्त्री थापाले आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी अवस्थामा रहन आग्रह गर्दै पालिका हुँदै जिल्ला छनोटको कार्य जिल्ला खेलकुदको नेतृत्वमा रहेकोले उत्कृष्ट खेलाडी छनौट गर्न आग्रह गर्नुभयो ।

उहाँले दशौं राष्ट्रिय खेलकुदका लागि ३ करोड ३० लाख रकम विनियोजन गरिएको बताउँदै प्रदेश सरकार खेलाडीहरुको हितका लागि गम्भिर रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले खेलकुद विकासको अभिभारा जिल्ला समितिमा निहित रहेको बताउँदै समितिका पदाधिकारीहरुले आफ्नो जिम्मेवार अनुरुप अघि बढन आग्रह गर्नुभयो ।

सो अवसरमा परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले मनोनयन भएका पदाधिकारीहरुलाई अभिमुखिकरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...