रावण पार्क निर्माणले गति लियो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०७७ फागुनमा धर्म एस कास्यप जेभीले रु. एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माण कार्यले पछिल्लो दुई महिनायता तिब्रता पाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रावणको मूर्तिसहित पार्क निर्माण गर्न थालिएको थियो ।

Shreekrishna

योजनाको बारेमा नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा आर्थिक वर्ष २०७९÷०८० र ०८०÷०८१ मा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि निर्माण ४४ महिनासम्म निर्माण रोकिएको थियो ।

लामो समयको प्रयासपछि बजेट ब्यवस्थापन गरेर वि.स. २०७८ असार देखि रोकिएको रावण पार्क निर्माण कार्यलाई लयमा फर्काएको बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानियाले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“पार्कमा घेराबार, प्रवेशद्धार, पदमार्ग निर्माणको काम करिब सकिएको छ । रावणको मुर्ती राख्ने ठाउँमा जग खन्न थालेका छन्,” उहाँले भन्नुभयो “जसोतसो पार्क बन्ने देखिएपनि सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो नलागेसम्म रावणको मुर्ती राख्ने विषयमा अन्यौल सिर्जना भएको छ ।”
ठेकेदारले रु. १८ लाख खर्चेर पार्कमा राख्ने छ मिटर अग्लो रावणको मुर्ति तयार पारेका छन् । पर्वतका केदारनाथ दासले गत असारमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा रावणको प्रतिमा नराख्न अन्तरिम आदेश दिएको थियो ।

ऋषिमुनीहरुले तपस्या गरेको स्थानमा रावणको मुर्ति राख्न नहुने तर्क सहित परेको मुद्दामा अदालतबाट फैसला हुन भएको ढिलाईले अन्यौल भएको वडा अध्यक्ष बानियाले बताउनुभयो । पछैस्थित पुलाश्रम मन्दिरका पुजारी जगदीश सुवेदीका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नावी गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ ।

करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको हो । आश्रममा रहेका ऋषिमूनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माणको काम ७० प्रतिशत सकिएको ठेकेदार कम्पनीका प्रतिनिधीले बताएका छन् ।

घेराबारका लागि पर्खाल निर्माण भइसककेको छ । पार्क निर्माणले पर्यटन प्रवद्र्धन हुने स्थानीयले आशा गरेका छन् । समुन्द्रि सतहदेखि दुई हजार मिटर उचाईमा रहेको रावण पार्क निर्माण स्थल पछैबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ ।

यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो ।

विसं २०७४ देखिनै बजेट बिनियोजन गरेपनि ठाउँको बिवाद र स्रोतको अभावमा रामायण उद्यानको योजना कार्यान्वयन हुन सकेको थिएन् । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना पनि अघि सारिएको छ । बेनी बजारदेखि गाडीमा तीस मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे हुदै बाँसबोट सम्मको सडक कालोपत्रे भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...