भगवती–बेग सडक स्तरोन्नति गर्न बहुबर्षीय ठेक्का आव्हान

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवति–बेग सडक स्तरोन्नति र मालिका गाउँपालिकाको थापाचौर–सावटा जोड्ने झोलुङ्गे पुल निर्माणका लागि ठेक्का आव्हान भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले बुधबार गलेश्वर–पिप्ले–भगवति–बेग सडक अन्तर्गत भगवति–बेग खण्डमा कालोपत्र सहित ढलान र मालिका गाउँपालिका–५ थापाचौर र वडा नं.–६ सावटा जोड्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि ठेक्का आव्हान गरेको हो ।

योजना मार्फत गलेश्वर–पिप्ले–भगवति–बेग सडक योजना मार्फत गत वर्ष ढलान भएको ठाउँ देखि अगाडी सिजलगाउ र बेगमा सात सय मिटर सडक कालोपत्रका साथै उकालोमा ग्रेड सुधार गरेर ढलान गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार थापाचौर–सावटा जोड्ने म्याग्दी नदीमाथी ९६ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

Shreekrishna

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला मन्त्रालयले बजेटको स्रोत सुनिश्चितता गरेपछि पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत योजना कार्यान्वयनको प्रक्रीया अघि बढाएको छ ।

Gunasthariya Shiksya

म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले रघुगङ्गा गाउँपालिका–२ को भगवति देखि वडा नं. १ बेग जोड्ने सडक स्तरोन्नतिका लागि रु. पाँच करोड बजेटको स्रोत सुनिश्चतता भएको जानकारी दिनुभयो ।

गलेश्वर–पिप्ले–भगवति हुदै बेग र भगवती सिजल गाउँ हुदै बेग जोड्ने सडक स्तरोन्नतिमा दुई वटा शिर्षकमा चालु आर्थिक वर्षमा रु. असी लाख बजेट बिनियोजन भएको छ । बजेटको शिर्षक दुई वटा भएपनि सडक योजना एउटै भएको उहाँले बताउनुभयो ।

अघिल्लो कार्यकालका प्रदेशसभा सदस्य बिनोद केसीको सिफारिसमा प्रदेश सरकारले सञ्चालन गरेको एक निर्वाचन क्षेत्र एक सडक योजना अन्तर्गत पिप्ले–भगवति खण्डमा कालोपत्र र ढलान गर्ने काम गत आर्थिक वर्षमा सम्पन्न भएको थियो ।

यस वर्ष प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको सिफारिसमा एक÷एक वटा सडक योजनालाई बहुबर्षीय ठेक्का लगाउने निर्णय गरेको छ । जस अनुसार म्याग्दी १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीको सिफारिसमा मालिका गाउँपालिका–२ रुम देखि बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि बिनियोजन भएको रु. तीन करोड बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भइसकेको छ ।

सांसद जुग्जाली मन्त्री हुँदा प्रदेश सरकारले गरेको निर्णय अनुसार संघीय र प्रदेश सरकारको साझेदारीमा कार्यान्वयन हुने रु. ९२ करोड बजेटको दरवाङ–धारापानी–ताकम–मुना सडक स्तरोन्नतिको योजना पनि ठेक्का प्रक्रीयामा छ । थापाचौर र सावटा जोड्ने झोलुङ्गे पुल निर्माणका लागि रु. ५५ लाख २७ हजारको बजेटको स्रोत सुनिश्चित भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...