दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाले धारनै परिवर्तन हुने गरि ‘मकिङ’ खोलामा फाल्यो

Gandaki Kotihome

दरवाङ, ः मालिका गाउँपालिकामा निर्माणाधिन २५ मेगावाट क्षमताको दरवाङ– म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर संकटमा पर्नुको साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ ।

धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको मालिका गाउँपालिका–६ कमेरे स्थित अडित नम्बर २ मा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्कीएको ढुङ्गा, माटो नीतिगत व्यवस्था विपरित धारनै परिवर्तन हुने गरेर म्याग्दी नदी र किनारमा फालेको हो ।

खोलामा मकिङ फाल्न थालेपछि म्याग्दी नदीमा माछा लगायत जलचर पाइन छाडेको र बर्खायाममा बाढीको आयटन बढेर दरवाङ, बाबियाचौर, तातोपानी, सिंगा र बेनीमा कटानको जोखिम सिर्जना गरेको स्थानीयबासीले गुनासो गरेका छन् ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

बिस्फोटक पदार्थ मिसिएको ढुङ्गा माटोमा हुने रासायनिक पदार्थ जलचरका लागि प्रतिकुल हुने भएकाले नदी भन्दा बाहिर छुट्टै जग्गामा डम्पिङ (थुपार्नु) पर्ने कानुनी ब्यवस्था छ । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद अधिकारीले खोलामा फलेको र किनारमा थुपारेको मकिङ अन्यत्र ब्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो । “जलविद्युत आयोजनाको मकिङ जथाभावी रुपमा फाल्दा वातावरणीय असर पर्छ,” उहाँले भन्नुभयो “फोन गरेर हटाउन र अब नफाल्न निर्देशन दिएको छु ।”

दरवाङ म्याग्दीखोलाको सुरुङबाट निस्कीएको मकिङ गोज्जा, कमेरे, दरवाङ र ढाँडखर्कको पाखो, नदी किनार र सिधै खोलामा फाल्ने गरेको छ । आयोजनाका निर्देशक तेजेन्द्र रोकाले खोलामा मकिङ फाल्नु कमजोरी भएको स्विकार गर्दै जग्गा खोजेर ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०७५ मा शुरु भएको दरवाङ म्याग्दीखोला जलविद्युत जलविद्युत आयोजनाको छ वर्षमा २० प्रतिशत पनि भौतिक प्रगति भएको छैन् । आयोजनाका स्थानीय सेयर लगानीकर्ताहरु निर्माणमा भएको ढिलाईका कारण निराश भएका छन् ।

मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–७ इल्पुमा बाँध र वडा नं.–१ खोप्तिमा विद्युतगृह प्रस्ताव गरिएको आयोजनाको सुरुङ बाहेकका अन्य भौतिक संरचना निर्माण शुरुनै भएको छैन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...