सांसद भण्डारीद्धारा घोडेपानी जोड्ने सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण

Gandaki Kotihome

पोखरा, ः म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक मर्मतका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसद भण्डारीले सोमबारको प्रदेशसभाको शून्य समयमा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडक मर्मत नहुँदा स्थानीयबासी र पर्यटकलाई समस्या भएको जानकारी गराउनुभयो ।

“स्थानीयबासीले घोप्टेखर्कको पहिरोले साघुरिएको सडकको डिलतर्फ काठ राखेर जिपमात्र छिर्ने बनाएका छन् । काठको फल्याक र थाम भाचिएर दुर्घटना हुने उच्च जोखिम छ,” उहाँले भन्नुभयो “सडकको समस्याले मुख्य याममा पनि घोडेपानीको पर्यटन क्षेत्र चलालमान हुन नसक्नुका साथै प्रदेश सरकारको बजेटबाट ठेक्का लागेको चित्रे–घोडेपानी योजनाको निर्माण शुरु हुन सकेको छैन् ।

Upper Myagdi transmition line notice
Oplus_0

सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयबासीलाई आवत जावतका साथै होटल ब्यवसायीहरुलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएकोकाले यथासक्य छिटो मर्मत गरि मर्मत गरि सुरक्षित एवम् सहज रुपमा यातायात सञ्चालनको ब्यवस्था मिलाउन सांसद भण्डारीले संसद मार्फत सरकारसँग माग गर्नुभयो ।

Annapurna aarohan ko notice

घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकल बाहेक जिप, बस, ट्रक, ट्याक्टर वारपार गर्न सकेका छैनन् । पोखरेबगर–चित्रे–घोडेपानी सडक अन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन सकेको छैन् ।

वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सो भन्दा बढी आन्तरिक पर्यटक आउँछन् । सडकको समस्याका कारण सवारी साधन मार्फत यसपाली घोडेपानीमा अपेक्षाकृत संख्यामा आन्तरिक पर्यटक भित्र्न नसकेका घोडेपानीका पर्यटन ब्यवसायीले बताएका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले हल्लेखर्क र लुलीयाको घुम्तिमा सडक मर्मत गर्न स्थानीय पूर्वाधार आयोजना कास्कीका प्रमुखले केही दिनमा डोजर पठाउने बताएका बताउनुभयो ।

पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, गुराँसे जंगल, वन्यजन्तु, पंक्षी, मगर संस्कृति लगायत आकर्षण रहेको छ । १८ किलोमिटर पाँच सय ४० मिटर दुरीको पोखरेबगर–चित्रे सडक मार्ग खुलेको १५ वर्षपछि गत बर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्की मार्फत करिब रु. ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो ।

वडा अध्यक्ष खड्काले पहिरोले क्षति पु¥याएको सडक मर्मतका लागि आयोजना कार्यालयले बेवास्ता गरेपछि गाउँपालिकालेनै मर्मत गर्न रु. १५ लाख बजेट बिनियोजन गरेपनि संघीय सरकारको योजनामा गाउँपालिकाले खर्च गर्न नमिल्ने नीतिगत ब्यवस्थाका कारण कार्यान्वनय हुन नसकेको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...