पिप्ले–भगवति खानेपानी योजनाको ठेक्का आव्हान

Shreekrishna hardware

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित वृहत पिप्ले–भगवति खानेपानी आयोजना कार्यान्वयनको लागि आइतबार ठेक्का आव्हान भएको छ ।

वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको ठेक्का आव्हान भएको योजनाको जस लिन सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका स्थानीय नेता तथा जनप्रतिनिधीहरुको रमाइलो प्रतिस्पर्धा चलेको छ ।

आर्थिक वर्ष २०७३÷२०७४ देखि संघीय सरकारको वार्षिक कार्यक्रम (रातो किताब)मा समावेश हुन थालेको यस योजनाकालाई खानेपानी मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय म्याग्दीले रु. सात करोड बढीको ठेक्का आव्हान गरेको हो ।

Shreekrishna

योजना रातो किताबमा समावेश हुँदा एमालेका नवराज शर्मा, वि.स. २०७४ देखि ७९ सम्म एमालेकै भूपेन्द्र थापा र स्रोत सहमति भएर ठेक्का आव्हान हुँदा नेपाली काँग्रेसका खमबहादुर गर्बुजा प्रतिनिधीसभा सदस्य हुनुहुन्छ ।

चालु आर्थिक वर्षमा रु. ५० लाख बजेट बिनियोजन भएको बृहत पिप्ले–भगवति खानेपानी योजनाका लागि अर्थ मन्त्रालयले रु. १० करोडको स्रोत सुनिश्चितता गरेर बहुबर्षीय ठेक्का लगाउन सहमति दिएको हो ।

Ban devision notice

गत वर्ष रु. ३७ करोडको स्रोत सुनिश्चतता भएपछि पिप्ले भगवतिसँगै वार्षिक कार्यक्रममा समावेश हुदै आएको बेनी नगरपालिकाको चार र रघुगङ्गा गाउँपालिकाको दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुने बृहत घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता भई काम शुरु भएको छ ।

पछिल्लो पटक सन् २०२२ मा भएको सर्वेक्षण अनुसार रु. ३७ करोड ३७ लाख लागत अनुमान गरिएको पिप्ले–भगवति खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्विकृत र बहुबर्षीय ठेक्का आव्हान गर्न अर्थ मन्त्रालयले स्रोत सहमति नदिना कार्यान्वयन हुन सकेको थिएन् ।

चार वटा प्याकेजमा विभाजन गरेर यस वर्ष रु. दश करोड बजेट बराबरको काम गर्न ठेक्का आव्हानका लागि प्रक्रीया अघि बढाएको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका प्रमुख सुनम थापाले बताउनुभयो । बाँकी तीन वटा प्याकेजको ठेक्का लगाउन आगामी वर्ष बजेट ब्यवस्थापनका लागि जनप्रतिनिधी र खानेपानी विभाग मार्फत प्रस्ताव गरिने उहाँले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलाको मुहानबाट भगवति र पिप्लेको शिर रुइसेडाडामा रहने मुख्य ट्याङ्की सम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइपलाइन रहने प्रस्ताव गरिएको छ । योजना मार्फत दुई हजार चार सय १६ घरपरिवार लाभान्वित हुने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका ईञ्जिनियर नविन सुवेदीले बताउनुभयो ।

संघीय सरकारको ९० र उपभोक्ताको दश प्रतिशत लागत साझेदारीमा आयोजना निर्माण हुन लागेको हो । उपभोक्ताको तर्फबाट सहभागिता जनाउन आवश्यक पर्ने रु. १० लाख बजेटको ब्यवस्था गरेर खातामा जम्मा गरिसकेका छन् ।

पिप्ले र भगवति म्याग्दीको बढी जनघनत्व भएको बस्ति हुन् । पुराना खानेपानीको मुहान सुक्दै जाने र उपभोक्ताको संख्या बढ्दा खानेपानीको समस्या छ । चिमखोलाबाट ल्याएको पानीलाई अहिले भएका टंकी र पाइपलाइन मार्फत घरघरका धारामा वितरणको ब्यवस्था मिलाइने योजनामा प्रस्ताव गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...