रातोढुुङ्गा सवस्टेशन विद्युत प्राधिकरणको निगरानीमा परिक्षणका लागि सञ्चालन

Gandaki Ghumau

बेनी, म्याग्दीको तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको ३३÷११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशन सञ्चालन भएको छ ।

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रशारण लाइन र रातोढुुङ्गामा निर्माण भएको सवस्टेशन सञ्चालनमा आएको हो । वि.स. २०८० को माघ महिनामा गरिएको परिक्षण सफल भएको सवस्टेशनबाट शुक्रबारदेखि नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रले विद्युत आपुर्ती गर्न थालेको हो ।

Gunasthariya Shiksya

केन्द्रका प्रमुख सत्यनारायण गामीले परिक्षणका लागि सवस्टेशनबाट विद्युत आपुर्ति गराउन थालिएको बताउनुभयो । “मिलनचोक सवस्टेशन नजिकै एक वटा पोल गाड्न, तार तान्न र संरचना बनाउन बाँकी भएकाले अस्थायी रुपमा बेनीबाट ट्यापिङ गरेर रातोढुङ्गा सवस्टेशनमा लाइन जोडेर हाम्रो निगरानीमा परिक्षणका लागि विद्युत आपुर्ति गरिएको छ,” उहाँले भन्नुभयो “अबको एक महिना १५ दिनमा ठेकेदारले सबै संरचना बनाएर हस्तान्तरण गर्ने लिखित प्रतिवद्धता जनाएको छ ।”

Shreekrishna

नेपाल बिद्युत प्राधिकरण मार्फत ए टु जेड इञ्जिनियरिङले सन् २०१६ मा रु. १६ करोडमा ठेक्का लिएको सवस्टेशन र प्रशारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । ठेकेदार कम्पनीका प्रतिनिधी पद्यमसागर लुइटेलले परिक्षण अवधीपछि प्राधिकरणलाई औपचारिक रुपमा सवस्टेशन हस्तान्तरण गरिने बताउनुभयो । सवस्टेशन सञ्चालन भएपछि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार र विद्युत आपुर्ति सहज हुने अपेक्षा गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...