बावियाचौर–काफलचौर–सल्यान सडक स्तरोन्नति

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बाबियाचौर, । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडकमार्ग स्तरोन्नति भएको छ ।

यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक स्तरोन्नतिको कामले पछिल्लो तीन आर्थिक वर्षदेखि निरन्तरता पाएको हो ।

बेनी–दरवाङ सडक मा पर्ने भाइवाङ खोलादेखि शुरु हुने सडकको प्रवेश बिन्दु देखि काफलचौर हुदै सल्यान खण्डको सडक स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो ।

Shreekrishna

“यो मङ्गला गाउँपालिकाको केन्द्रबाट बस्ती जोड्ने गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा सञ्चालित प्राथमिकताप्राप्त आयोजना हो,” उहाँले भन्नुभयो “पछिल्लो तीन वर्षमा रु. दुई करोड १५ लाखको लागतमा सडक फराकिलो पारेर नाली, टेवा र ग्यावीयन पर्खाल निर्माण गरेर पाँच सय ३८ मिटर दुरीमा ढलान गरिएको गाउँपालिकाले जनाएको छ ।”

चालु आर्थिक वर्ष २०८१÷०८२ मा रु. ९४ लाखमा ठेक्का लिएको मङ्गला कन्ट्रक्सन प्रा.ली.ले भाइवाङखोलाको प्रवेशबिन्दु देखि एक सय १० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान गरेको गाउँपालिकाका असिस्टेन्ट सव ईञ्जिनियर विपिन आचार्यले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

ढलानका साथै सडकमा पहिरो, बाढी र कटान रोकथामका लागि ग्यावीयन, मेसिनरी र पलम पर्खाल निर्माण गरिएको छ । आगामी असारसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा तीन महिना अगाडि नै सम्पन्न हुने चरणमा पुगेको हो ।

आर्थिक वर्ष २०८०÷०८१ मा दुई वटा शिर्षकमा रु. ८० लाखको लागतमा काफलचौर–सल्यान खण्डमा दुई सय ५० मिटर ढलान भएको थियो । २०७९÷०८० मा उपभोक्ता समिति मार्फत भाइवाङखोला–काफलचौर खण्डमा रु. ५० लाख बजेटबाट एक सय ७८ मिटर ढलान सहित स्तरोन्नति भएको थियो ।

भरजुला–थाइवाङ खण्डमा गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत रु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ३० लाख बजेटबाट ढलानसहितको स्तरोन्नति भएको थियो । सडक स्तरोन्नति भएपछि यात्रा अवधि छोटिएको, सुरक्षित र सहजरूपमा आवतजावत गर्न पाएको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताउनुभयो ।

“चन्दा र तत्कालीन गाविस–जिविसको बजेट परिचालन गरेर मार्गमात्र खोलिएको सडक साँघुरो, ग्रेड र घुम्ती नमिलेका कारण दुर्घटनाको जोखिम थियो,” उहाँले भन्नुभयो “भाइवाङखोला देखि भरजुला पुग्न यसअघि २० मिनेट लाग्ने गरेकोमा अहिले यात्रा अवधी पाँच मिनेटमा छोटिएको छ ।”

भाइवाङखोला–काफलचौर–सल्यान–भरजुला खण्डको अप्ठ्यारो सडक विस्तार, ग्रेड र घुम्ती सुधार गरी नाली, पर्खाल निर्माण भएको छ । यस सडक काफलचौर, सल्यान, भरजुला, थाइवाङ, भाइवाङ र हिदीका करिब एक हजार घरधुरीले प्रयोग गर्छन् । सडक स्तरोन्नतिको कामलाई प्रदेश र संघीय सरकारसँगको साझेदारीमा निरन्तरता दिइने मङ्गला गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...