तातोपानीमा ग्लोबल आइएमइको वित्तीय साक्षरता कार्यक्रम

Gandaki Ghumau

तातोपानी, । ग्लोबल मनी विक २०२५ को अवसरमा ग्लोवल आई एमई बैंकले बेनी नगरपालिका–४ तातोपानीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

थिंक विफोर यु फलो, उइस मोनी टुमारो भन्ने विषयबस्तुलाई आत्मसात गर्दै ग्लोवल आइएमई बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Gunasthariya Shiksya

उक्त कार्यक्रममा सहभागीलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दिर्घकालिन वित्तीय योजना बारे विस्तृत जानकारी प्रदान गर्नुका साथै विभिन्न किसिमका पेलेटर्फ मार्फत हुने ठगीको बारेमा सचेत बनाइएको थियो ।

Shreekrishna

रमेश पौडेलको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा ग्लोवल आईएमई बैंक बागलुङ शाखा प्रमुख हेमराज शर्मा पौडेल, बेनी शाखा प्रमुख सोकेन्द्र थापामगर, तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्का, प्रहरी चौकी सिंगा तातोपानीका प्रमुख दिवाकर सुवेदी, कर्जा शाखा प्रमुख सन्जवीव खत्री लगायतले बोल्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...