घरापमा व्यवसायिक सुन्तला खेती तालिम

Gandaki Ghumau

घराप, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापमा बिहिबार व्यवसायिक सुन्तला खेती सम्बन्धी तालिम सम्पन्न भएको छ ।

निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको घासा शाखा अन्तर्गत अन्नपूर्ण गाँउपालिका–२ भुरुङ–तातोपानी, वडा नं.–३ दाना र वडा नं. १० नारच्याङका सदस्यहरुका लागि तीन दिने तालिम सम्पन्न भएको हो ।

१० वटा सदस्य केन्द्रका ४० जनाको सहभागिता रहेको तालिममा कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत (सातौ) प्रकाश पुन र अन्नपूर्ण गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले सुन्तला नर्सरी स्थापना, रेखाङ्कन, रोगकिरा पहिचान, काटछाँट, मलजल लगायत विषयमा तालिम दिनुभएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको घाँसा शाखाका प्रमुख पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

Shreekrishna

तालिम समापन कार्यक्रममा निर्धन उत्थान संस्थाका उपाध्यक्ष जर्नादन देव पन्तले निर्धन लघुबित्तका सदस्यहरुलाई विभिन्न पेशा ब्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले संस्थाले सिपमुलक तालिम दिने गरेको बताउनुभयो ।

“निर्वाहमुखी सुन्तला खेतीलाई ब्यवसायिक बनाएर सदस्यहरुको आर्थिक स्तर वृद्धि गराउने उद्देश्यले सिपको विकास गर्न तालिम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “गरिबी निवारण र महिला शसक्तिकरणमा पनि तालिमले सहयोग पुगेको छ ।”

Gunasthariya Shiksya

निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अञ्जु पाण्डेले लघुवित्तका सदस्यहरुले लिने ऋणको सदुपयोग गराउन प्रत्येक वर्ष एक वटा प्रदेशमा एक÷एक वटा तालिम सञ्चालन गर्ने संस्थाको नीति अनुसार यसपाली घरापलाई रोजिएको बताउनुभयो ।

उद्यमीहरुलाई स्वरोजगारी वृद्धिको लागि सीपलाई श्रमसँग, श्रमलाई प्रविधि मार्फत उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने प्रयास गरेको पाण्डेले बताउनुभयो । निर्धन लघुवित्त वित्तीय संस्थाको क्षेत्रीय कार्यालय पोखराका अनुगमन अधिकृत प्रेमप्रसाद सुवेदीले सिपमुलक तालिम पाएपछि सदस्यहरुलाई ब्यवसाय सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

मंगलबार अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा पुनले उद्घाटन गर्नुभएको तालिमको समापनका क्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । गत वर्षको एसइई परिक्षामा उत्कृष्ट अंक ल्याएका सदस्यका दुई जना सन्तानलाई छात्रवृत्ति र एक जना सदस्यलाई बिमा क्षतिपुर्ति रकम हस्तान्तरण गरिएको थियो ।

घराप महिला समुहका सदस्य अनिता पुनको श्रीमानको मृत्यु भएकाले बिमा स्वरुप क्षतिपुर्ति रु. तीन लाख २५ हजार प्रदान गरिएको थियो । ज्ञान प्रकाश माविबाट एसइई उतिर्ण काभ्रे महिला समुहका सदस्य मनकुमारी गौचनको छोरा सनिस गौचन र तातोपानी महिला समुहका सदस्य पूर्णमाया घर्ति पाईजाका छोरी सर्वोदय माविबाट एसईई उतिर्ण सोस्तिमा पाईजा पुनलाई डा. हरिहर देव पन्त स्मृति छात्रवृत्ति स्वरुप जनही रु. दश हजार प्रदान गरिएको थियो ।


वि.स. २०४९ देखि गरिवीको रेखामुनी रहेको लक्षित वर्गालाई वित्तीय सेवा प्रदान गरि नयाँ लघुउद्यम सिर्जना वा सञ्चालनमा रहेको उद्यमको विस्तार मार्फत रोजगारी सिर्जना गरि उद्यमीहरुको आम्दानी तथा क्षमता विकास गर्न सहयोग गरिरहेका छ ।

७७ वटै जिल्लामा एक सय ८९ वटा शाखा कार्यलय मार्फत चार लाख जना सदस्यहरुलाई सामुहिक जमानीको आधारमा ऋण र वित्तीय सुविधा उपलब्ध गराएको छ । तालिम समापन कार्यक्रममा सहभागीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...