मालिकाको चिउरीबोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको मालिका गाउँपालिका–४ सुङग्रेपानीमा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सुङग्रेपानी देखि चिउरीबोट तर्फ जादै गरेको ग १ ज ५६१२ नम्बरको बोलेरो जिप सडक देखि ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा मालिका गाउँपालिका–४ का ३१ वर्षीय नगेन्द्र रसाईलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

गम्भिर घाइते चालक समेत रहेका घाइते भएका मालिका–४ ओखरबोटका ३३ वर्षीय शेरबहादुर बिकलाई पोखरा पठाइएको छ । सामान्य घाइते चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र भिमप्रसाद गोतामेको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...