सुन्तलाको दाना झार्ने औसा नियन्त्रणको पहल

Gandaki Pardesh notice

बेनी, । कृषि ज्ञान केन्द्र म्याग्दीले सुन्तलाको दाना झार्ने औसा किरा नियन्त्रणको पहल थालेको छ ।

कार्यालयका कृषि प्राविधिकहरुको टोलीले औँसा कीराको प्रकोप फैलिएको बगैचाको स्थलगत निरिक्षण, अवस्थाको अबस्थाको अध्ययन गरि कृषकलाई किरा फैलिन नदिन अपनाउनुपर्ने साबधानीका उपायका बारेमा सिकाउन थालिएको हो ।

बेनी नगरपालिका, रघुगंगा, अन्नपुर्ण, मंगला, मालिका र धवलागिरि गाउँपालिकामा रहेका बगैचामा नपाक्दै दाना भित्र किरा परेर भकाभक सुन्तला झर्न थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले कृषकहरुको बगैचामै पुगेर रोकथामको लागि कृषकहरुलाई सल्लाह दिने, वास्तविक अबस्थाको तथ्याङ्क लिने र अबस्था बुझ्न थालेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

उहाँले पहिलो चरणमा कृषकहरुलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरिएको र कार्यालयको तर्फबाट आबश्यक पर्ने प्लाष्टिक झोला निशुल्क उपलब्ध गराईएको बताउनुभयो । थप अन्य बोटमा समेत औँसाका किराहरु फैलने नदिन कार्यालयले झरेका फलहरुलाई व्यवस्थापन गर्न अनुरोध गरको छ ।

जमिनको सतहबाट १ फुट गहिरो खाडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने कृषि विज्ञहरुको भनाई छ । झरेका दाना ब्यवस्थापन गर्न तीन हजार पलास्टिकको बोरा बितरण गरेको केन्द्रका प्रमुख गोबिन्दराज कोइरालाले बताउनुभयो ।

Bhautik ministry notice about road

औसा प्रभाबित बगैँचाको स्थलगत अध्ययन, निरिक्षण गरेको र फल टिपीसकेपछि रोकथामका लागि आबश्यक कदम चाल्ने योजना बनाएको कोइरालाले बताउनुभयो । तत्काललाई औँसा लागेर झरेका फललाई व्यवस्थापन गर्ने र आगामी बैशाख, जेठ, असारमा वयस्क झिंगा व्यवस्थापनका लागि प्रोटिन बेटमा आधारित क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम सञ्चालन गरिने उहाले बताउनुभयो ।

चाइनिज सिट्रोस फ्रुट फलाई (दाना झर्ने) किरा र सिट्रोस ग्रिन रोग फैलिएपछि म्याग्दीका कृषक चिन्तित भएका छन् । तीन वर्षअघि नेपालमा भित्रिएको चाइनिज सिट्रोस फ्रुट फलाई किरा यसपालि म्याग्दीको सुन्तला खेतीमा प्रमुख समस्याको रुपमा देखिएको छ ।

सुन्तला जातका फलफुलको दानाभित्र पसेको औसाले असोज देखि पुष महिनासम्म पहेलो बनाई दाना प्वाल पारेर अथवा दानालाई आफुसँगै भुइमा खसाल्छ । यो समस्याका कारण यसपालि सुन्तला उत्पादन २५ प्रतिशतले घट्ने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ ।

भुइमा खसेको औसालाई पलास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने, गाइबस्तुलाई खुवाउने र डेढ फिट भन्दा बढी गहिरो खाडल खनेर ब्यवस्थापन गर्नुपर्छ । झरेको दानाबाट घरेलु मरिदा पनि बनाउन सकिन्छ ।

जेठ असारमा दानाभित्र पस्ने औसा चिसो मौसममा जमिनभित्र बस्छ । आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना ब्यवस्थापन गर्ने र चैत बैशाख महिनामा प्रोट्रिनसँगै बिषादी मिसाएर बोटमा छर्कनुपर्ने हुन्छ् । यसैगरी सुन्तलाको रुख र हाँगाभित्र गबारो छिरेर खाएपछि बोट पहेलो भएर सुक्ने समस्या देखिएको हो । रुख सुक्ने समस्या समाधानका लागि बगैचा ब्यवस्थापन र सुकेका हाँगा काटछाट गर्न कृषकलाई सुझाव छ ।

सुन्तलाको व्यवसायिकरणमा सघाउन सुन्तला जोन परियोजना कार्यान्वयनमा ल्याईएपनि संक्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको कृषकहरुको गुनासो छ । फल टिपेपछि मलजल, गोडमेलसँगै बोडेपेष्ट लगाउने र स्प्रे गर्न आग्रह गर्नुभयो । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैचा छन् । ७०६ हेक्टरमा सुन्तला खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । ३३५ हेक्टरमा लगाएको बोटले उत्पादन दिन्छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...