ब्रह्माण समाजले भवन बनाउने

Gandaki Ghumau

बेनी । ब्रह्माण समाज नेपाल, म्याग्दीले आफ्नै भवन निर्माण गर्न आर्थिक संकलन अभियान सञ्चालन गर्ने भएको छ ।

बेनीमा शनिबार भएको समाजको चौथो साधारणसभाले भौतिक पूर्वाधारका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । स्थापनाको १३ वर्षसम्म नियमित गतिबिधि गर्दै आएको समाजले अब आफ्नै समाज घर बनाउन सहयोगीहरुमाझ पुग्ने निर्णय गरेको सचिव हरिप्रसाद पौडेलले बताउनुभयो ।

जिल्लाका सामाजिक तथा धार्मिक र सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आएको समाजले सदस्यहरुबाट सहयोग जुटाएर जग्गा खरिद र भवन बनाउने निर्णय गरेको हो । सभाको उद्घाटन गर्नुहुदै संविधासभा सदस्य गोविन्द पौडेलले समाजको योजनामा आफ्नो आर्थिक, भौतिक र नैतिक सहयोग रहने बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

सोही कार्यक्रममा केन्द्रिय सदस्य नारायणदत्त सुवेदी, सल्लाहकार रन्जता सुवेदी, सल्लाहकार बालकृष्ण सुवेदी, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण गौतमले संस्थागत विकासका लागि योजनावद्ध तरिकाले अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका बत्ताहरुले धर्म र संस्कारले समाजलाई अनुशाषित र मर्यादित बनाउने बताउनुभयो । समाजका तर्फबाट गोविन्द सुवेदीले ब्रह्माण समाज सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा समाजका गतिबिधिमा सक्रीय सहभागिता जनाउने धौलागिरि भजन समूह, जडभरत शालग्राम गण्डकी संस्कृति मावि, ब्रह्माण समाज बरंजा इकाई, भजन समूह, कमला पौडेल, नहकुल ढकाल, जयन्ती सुवेदी आचार्य, गायक एकराज चापागाई, बाल मादले सौरब सुवेदी, मन्दिरा पौडेल, टिकाराम आचार्यलाई कदरपत्रले सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, उपाध्यक्ष ठाकुरप्रसाद शर्माको स्वागत र सचिव हरिप्रसाद पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । ब्रह्माण समाजले जिल्ला स्तरीय भजन, रत्यौली सहित विभिन्न प्रतियोगितामा समेत उपाधी जितेको छ । म्याग्दीका सबै स्थानीय तह र ब्रह्माण समाजको उपस्थिति भएको वडामा पनि संगठन रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...