दानपेटिका फुटाएर चोरी

Gandaki Ghumau

बेनी । बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा रहेको लक्ष्मीनारायण मन्दिरको दानपेटिकाबाट रकम चोरी भएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडीको एक सय बर्ष पूरानो चौतारीमा निर्मित मन्दिरबाट मंगलबार राती दानपेटिका फुटाएर १२–१५ हजार नगद सहित केही थान पित्तल र पुजाको साम्रगी चोरी गरेको बिरेन्द्रचोक टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो ।

Gunasthariya Shiksya

‘भक्तजनले मन्दिरका लागि दान गरेको रकम दानपेटिका नै फुटाएर चोरी गरिएको छ, सिसीटिभीबाट खोजीकार्य भइरहेको छ,’ उहाँले भन्नुभयो ‘अन्य मन्दिरमा पनि यस्तै हुनसक्छ सतर्कता अपनाउनुपर्ने देखियो ।’

Shreekrishna

चोरी घटनामा संलग्नको हुलिया पहिचान गरी प्रहरीले खोजीकार्य गरिरहेको छ । चोरीमा संलग्नको पहिचान एवं पक्राउ गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनीबजार क्षेत्रमा बालक र किशोरहरुको समुह चोरीका विभिन्न घटनामा संलग्नता हुने गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...