मालिका गाउँपालिकाको स्थापना दिवसमा सम्मान र पुरस्कार वितरण

Gandaki Ghumau

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाले नबौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।

पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिकामा सार्वजनिक विदा दिईएको थियो भने गाउँपालिकाको केन्द्र दरबाङ बजारमा झाँकी सहितको प्रभातफेरी ¥याली र मूल समारोह आयोजना गरिएको थियो । समारोहको १०६ बर्षिय ज्येष्ठ नागरिक धनमती गुरुङले उद्घाटन गर्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा गाउँपालिकाले राजनीतिक तथा सामाजिक , शिक्षा, खेलकुद, कृषि, कला संस्कृति, लघुउद्यमलगायतका क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरुलाई सम्मान गरेको थियो । सो अवसरमा राजनीतिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै तीन जनालाई मरोन्नपरान्त सम्मान प्रदान गरिएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन, सामाजिक क्षेत्रमा योगदान दिनुभएका शेरबहादुर शेरचन र शिक्षा क्षेत्रमा योगदान दिनुभएका बिर बहादुर कार्कीको सम्मानमा उहाँको परिवारलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुदमा जिल्लालाई चिनाउने कमला पुन र जमान सिं परियार, ज्येष्ठ नागरिक धनमती गुरुङ, बाँस निगालो तथा चोयाका सामाग्री निर्माण गर्ने भरीबहादुर पटेल, व्यवसायिक कृषि क्षेत्रमा योगदान पु¥याउने मालिका रेन्बो ट्राउट फर्मका सञ्चालक पूर्ण बहादुर रोका, बिसम कृषि फर्मका सञ्चालक भुपेन्द्र शर्मा सहित हरेक वडाबाट एक ÷एक जना लघुउद्यमी र कला संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


त्यसैगरि कक्षा ८ र १० को परिक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालयलाई सम्मान गरिएको थियो भने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीहरुलाई व्यक्तिगत रुपमा रु १० हजार र छात्रा कबड्डीमा समुहमा स्वर्ण दिलाउने छात्राहरुको समूहलाइ रु २० हजार सहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्ने संस्कारको सुरुवात गरेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । गाउँपालिका अध्यक्ष गर्बुजाको अध्यक्षता, उपाध्यक्ष लक्ष्मीदेवी घर्तिको स्वागत रहेको कार्यक्रममा नेकपा एमाले गाउँपालका कमिटीका उपाध्यक्ष सन्तनाथ जैसी, नेपाली काँग्रेस गाउँपालिका कमिटीका अध्यक्ष खिमबहादुर पुन, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छबि विश्वकर्मा, वडा नम्बर ६ का अध्यक्ष पथबहादुर रोका, गाउँपालिकाका पूर्व उपाध्यक्ष खरमायाँ बिटालु, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...