तातोपानीमा आमा समूहको आयोजनामा फागूपुर्णिमा मेला सुरु

Gandaki Ghumau

बेनी, । बेनी नगरपालिका–४ सिंगा तातोपानीको जलमाई भगवति आमा समूहको आयोजनामा सोमबारदेखि फागु पुर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।

फागु पुर्णिमा पर्वको अवसरमा आयोजना गरिएको मेलाको बेनी नगरपालिका–४ सिंगाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभयो । फागुन २८ गतेसम्म सञ्चालन हुने मेलामा फाइभ ए साइड पुरुष र महिला फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष छेलो, महिला छेलो, भोले छुने प्रतियोगिता आयोजना गरिएको जलभाई भगवति आमा समूहका सचिव मिना जुग्जालीले बताउनुभयो ।

मंगलबार बिहानसम्म नाम दर्ताको समय रहेको छ । उद्घाटनका अवसरमा भएको महिला फुटसल प्रतियोगितामा सरस्वति माविका महिला शिक्षकहरुको टोलीलाई जनजागृति आमा समूहले एकका विरुद्ध चार गोल गर्दै पराजित गरेका छन् । महिला फुटबल प्रतियोगितामा आमाहरुबीच प्रतिस्पर्धा हुनेछ् । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्दै आएको फागुपुर्णिमा मेलालाई यसपाली आमा समूहले निरन्तरता दिएका हुन् ।

Shreekrishna
Gunasthariya Shiksya

जलमाई भगवति आमा समूहका अध्यक्ष पालमति जुग्जालीको अध्यक्षता र सचिव मिना जुग्जाली गर्बुजाको सञ्चालनमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष खड्काले महिलाहरुको सक्रियतामा मेला आयोजना गरेर परम्परा र संस्कृतिको संरक्षणमा योगदान पुगेको बताउनुभयो ।

कार्यक्रममा सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्का, वडा सदस्य प्रेम श्रीस, बेनी नगरपालिका फुटबल संघका अध्यक्ष देवेन्द्र चोखाल, स्थानीय अगुवा मिनबहादुर बानिया, जनजागृति आमा समूहका अध्यक्ष डम्मरकुमारी बानिया, सिता घले लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । आमा समूहका कलाकार टोलीले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...