धवलागिरीमा एक सय पाँच योजना कार्यान्वयनमा

Gandaki Ghumau

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा एक सय पाँच वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ ।

गत असार र पुषको गाउँसभाबाट छनौट भई बजेट बिनियोजन भएका एक सय पाँच वटा मध्य ७८ वटा योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको चरणमा रहेका गाउँपालिकाले जनाएको छ ।

सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, पदमार्ग, भवन, खेलमैदान निर्माण सम्बन्धि योजना रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले ४, ५, ६ र ७ नम्बर वडामा पर्ने मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ति शिविर मार्फत ६५ वटा योजनाको सम्झौता गरिएको जानकारी दिनुभयो । गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने वडाका उपभोक्ता समितिसँगै वडा कार्यालयमा पुगेर सम्झौता गरिएको उहाँले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

चालु आर्थिक वर्षमा पूर्वाधार योजनाहरुका लागि करिब रु. १५ करोड बजेट बिनियोजन भएकोमा सात महिनाको अवधीमा १५ प्रतिशत खर्च भएको छ । कुल ४७ करोड २९ लाख ५८ हजार बजेट बिनियोजन भएकोमा सात महिनाको अवधीमा २८ दशमलब ९१ प्रतिशत अथवा रु. १३ करोड ६७ लाख ५६ हजार छ सय ७५ खर्च भएको छ ।

संघीय बिशेष अनुदान रु. करोड १० लाख बजेट भएको मच्छिम–शिवाङ–हिलापोखरी एक घर एक धारा खानेपानी, संघीय समपुरक रु. ७० लाख बजेटको लुलाङ–गुर्जा सडक, प्रदेश समपुरक रु. एक करोडको मुदी वडा कार्यालय र संघीय विशेष अनुदान रु. एक करोड बजेटको मुदी ढल निकास योजनालाई ठेक्का प्रक्रीया मार्फत कार्यान्वयनमा लगिएको छ ।

गत वर्ष रु. तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको लुलाङ–गुर्जा सडक मार्फत नौ किलोमिटर पाँच सय मिटर सडकको मार्ग खुलेको, ताकममा पाँच शैया क्षमताको अस्पताल र घट्टेखोलामा प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा पुगेको धवलागिरी गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगका २२ वटा योजना कार्यान्वयनको चरणमा छन् । जेठ महिनाभित्र योजना सम्पन्न गरिसक्ने लक्ष्य सहित उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई सहजिकरण, समन्वय, परिचालन र अनुगमनलाई तिब्रता दिएको गाउँपाकिलाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...