अन्नपूर्ण नर्थ बेसक्यापमा पर्यटक भित्र्याउन गाउँपालिका र पर्यटन ब्यवसायी जुटे

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने मौसिज हर्गोज टे«ल सञ्चालन गर्न गाउँपालिका र पर्यटन ब्यवसायी जुटेका छन् ।

आठ हजार मिटर भन्दा अग्ला हिमालको पहिलो पटक आरोहण गरेका फ्रान्सका मौसिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड र टे«किङ एजेन्सिज एशोसीयसन (टान)का प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन् ।

मंसिर १४ गते आधार शिबिर गएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदी, टानका गण्डकी प्रदेश अध्यक्ष शुसिल पौडेल लगायतको टोली शनिबार नारच्याङ फर्किएको छ ।

Shreekrishna hardwear in news

हिमाल आरोहण भएको सत्तरी वर्षपछि आधार शिविरलाई आधारभूत स्तरको पदमार्गले जोडेर पर्यटक भित्र्याउन प्रचारप्रसार र प्रर्वद्धनमा जुटेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो । गाउँपालिकाले नारच्याङ देखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई “मौसिज हर्गोज टे«ल” नामाकरण गरेको छ ।
“नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यो पदमार्ग सञ्चालन गर्ने तयारी कोरोनाले प्रभाबित बनायोे,” अध्यक्ष पुनले भन्नुभयो “अब आउने पर्यटकलाई अन्नपूर्ण आधार शिविर भित्र्याउन पर्यटन ब्यवसायीसँग सहकार्य गरेका छौ ।”

नारच्याङदेखि मिस्त्री खोलाको किनारै किनारै आधार शिविर जोड्ने पदमार्ग तयार भएको छ । हार्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै ८ हजारभन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ ।

मौसिज कालीन जस्तै कठिन र वाइल्ड रहेकाले अन्नपूर्ण प्रथमको आधार शिविर पदयात्रामा नया ब्राण्ड हुने टान गण्डकी प्रदेशका अध्यक्ष पौडेलको भनाई छ । “पुराना पदमार्ग सडकले बिस्थापित भएका छन,” उहाँले भन्नुभयो “थप पूर्वाधार निर्माणसंगै प्रचारप्रसार गरेर सडकका कारण छोटिएको पदयात्रा पर्यटनलाई यसतर्फ आकर्षित गराउन सकिन्छ ।”

Bhautik ministry notice about road

गाउँपालिकाले पदमार्गको नक्सा तयार पारेको छ । गत माघ महिनामा अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गको प्रचारप्रसारका लागि नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको थियो । पर्यटन बिभागले पदमार्ग निर्माणका लागि ठेक्का लगाइसकेको छ ।

आधारभूत स्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिडी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पीङ पदयात्रा गर्नुपर्ने हुन्छ ।

नारच्याङ देखि छोटेपा, हुमखोला, भुसकेत हुदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण भएको संरक्षण क्षेत्र ब्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।

फराकीलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग नौ वर्षअघि पहिचान भएको थियो । यसअघि मुस्ताङको कुञ्जो हुदै भिर र जंगलमा एक साता हिडेर, हेलीकप्टर मार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो । कतिपयले कास्कीको एबिसी क्याम्पलाइनै आधार शिविर बुझ्ने गरेका थिए ।
नारच्याङका अगुवाहरुले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य पहिचान गरेका थिए । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो हो । नारच्याङको बेशी गाउदेखि छोटेपा सम्म निलगिरि जलविद्युत आयोजनाले लगेको सडक निलगिरी र अन्नपूर्ण खोलाको दोभान हुमखोला सम्म पु¥याउदैछ ।

हुमखोला देखि एक दिनमा भुसकेत र अर्को दिन आधार शिविर पुग्न सकिन्छ । समुन्द्री सतहदेखि चार हजार ५०० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुंङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदीमा निलो रंग र गोलो आकारको तलाउ छ । सुख्खा र उजाड पहाडको बिचमा रहेको तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ ।

यो ताल करिब एक किलोमिटर लम्बाई र पाँच सय मिटर चौडाईमा फैलिएको छ । अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी संकलन भएर प्राकृतिक हिमताल बनेको हो । तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाउछ । ताल र हिमाल हेरेपछि पदयात्राको दुख कष्ट भुलाउछ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...