१८० मेगावाट क्षमताको कालीगण्डकी गर्जका लागि वित्तीय स्रोत व्यवस्थापन

Gandaki Ghumau

बेनी, ः म्याग्दी र मुस्ताङमा निर्माण हुने एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।

कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनामा लक्ष्मी सनराइज बैङ्कको नेतृत्वमा रु. २९ अर्ब ६२ करोड ६० लाख लगानी गर्ने सम्बन्धी सम्झौतापत्रमा यसै हप्ता हस्ताक्षर भएको हो । कुुल रु. ३९ अर्ब ५० करोड २४ लाख लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत बैङ्कहरुले लगानी गर्ने भएका हुुन् ।

लक्ष्मी सनराइज बैंकको रु. अर्ब, ग्लोबल आइएमई बैंकको रु. सात अर्ब १२ करोड ६० लाख, सिद्धार्थ बैंकको रु. पाँच अर्ब, हिमालयन बैंकको रु. रु. तीन अर्ब, नेपाल एसबिआई बैंकको रु. तीन अर्ब र एभरेष्ट बैंकको रु. दुई अर्ब ५० करोड लगानी रहने सम्झौता भएको कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लीले जनाएको छ । २५ प्रतिशत लगानी प्रर्वद्धक र सर्वसाधारणको सेयर मार्फत जुटाइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Shreekrishna
Gunasthariya Shiksya

वि.स. २०७५ फागुन २७ गते विद्युुत विकास विभागबाट विद्युुत उत्पादन अनुमति पाएको कालीगण्डकी गर्जले वि.स. २०७९ फागुन २७ गते नेपाल विद्युुत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।

व्यवसायिक घराना संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान मुख्य प्रर्वद्धक रहेको यस आयोजनाबाट वार्षिक एक हजार ५६ गिगावाट आवर विद्युत उत्पादन हुुने जनाइएको छ । उत्पादित विद्युत दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनबाट केन्द्रिय प्रणालीमा आवद्ध गराइनेछ् ।

मुस्ताङको थासाङ गाउँपालकाको घाँसा नजिकै बाँध र म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ घराप नजिकै विद्युतगृह प्रस्ताव गरिएको आयोजनाले जग्गा व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका काम सकेर पूूर्वाधार निर्माणको तयारी गरेको छ । यो म्याग्दी जिल्लामा निर्माण हुने सबै भन्दा ठूलो जलविद्युत आयोजना हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...