मुनाको बाङखोलामा कल्भर्ट पुल निर्माण

Gandaki Ghumau

मुना ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको बाङखोलामा दुई वटा कल्भर्ट पुल निर्माण भएको छ ।

धवलागिरी गाउँपालिकाले बिनियोजन गरेको रु. १२ लाख बजेटबाट तल्लोबाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो कल्भर्ट पुल निर्माण भएको हो । गत साउन महिनामा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुदै लुलाङ, गुर्जा, ढोरपाटन जाने पदमार्गमा आवत जावतमा समस्या भएको थियो ।

धवलागिरी गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले उपभोक्ता समिति मार्फत कल्भर्ट पुल निर्माण भएपछि तीन वटा वडाका बासिन्दाका साथै ढोरपाटन, गुरिल्ला र डोल्पा पदमार्ग भ्रमणमा आउने पर्यटकहरुलाई सहज भएको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“छोटो घाट भएको ठाउँमा छिटो बनाउनुपर्ने भएकाले खोलाको दाँयाबाया मेसिनरी पर्खाल उठाएर फलाम जोडेर कल्भर्ट प्रबिधीको पुल निर्माण गरिएको हो,” उहाँले भन्नुभयो “पुल बनेपछि बर्खायाममा बाङखोलाको उर्लदो भेलमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ ।”

यसैगरी बाङखोलाको बाढीले बगाएको मुनाको दरखोला पहिलो लघुजलविद्युत परियोजनाको पाइपलाईन पुननिर्माण गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको रु. आठ लाख बजेटबाट बाङखोला माथी फलामको ब्रिज बनाएर पोलिथिन पाइप राखेर पानी तार्ने ब्यवस्था मिलाएको वडा अध्यक्ष रोकाले बताउनुभयो । ५० किलोवाट क्षमताको दरखोला पहिलो लघुजलविद्युत परियोजनाको बिजुली साविक मुना गाविसका पाँच सय ८० घरधुरीले उपभोग गर्छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...