मल्लाजको साना किसान सहकारीद्धारा बिद्यार्थीलाई पोशाक बितरण

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले बिद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।

जलजला–२ मा रहेको समाजकल्याण आधारभूत बिद्यालयका ८७ जना बिद्यार्थीहरुलाई शुक्रबार तीस हजार रुपैयाँ मूल्य बराबरको पोशाक बितरण गरिएको सहकारीले जनाएको छ ।

Bhautik ministry notice about road

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बागबिर नेपालीको अध्यक्षता, जलजला गाउँकार्यपालिकाको सामाजिक बिकास समितिका संयोजक तथा वडा न. २ का अध्यक्ष गोबिन्द खत्रीको प्रमुख आतिथ्यता र शिक्षक बिष्ण जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna hardwear in news

सहकारीका अध्यक्ष हेमकुमारी अधिकारीले अतिथिहरु मार्फत पोशाक वितरण गर्नुभएको थियो । दलित र विपन्न समुदायका बिद्यार्थीहरुले अध्ययन गर्ने बिद्यालयमा सहयोग गरेकोमा प्रअ डम्मरबहादुर घर्ती क्षेत्रीले सहकारीलाई धन्यवाद दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...