सामाजिक विकास कार्यालय म्याग्दी तीन महिनादेखि प्रमुख विहिन

Gandaki Ghumau

बेनी, सामाजिक विकास कार्यालय, म्याग्दी तीन महिनादेखि प्रमुख विहिन भएको छ ।

कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको छ । कर्मचारीहरुले तलब पनि खान पाएका छैनन् ।

सामाजिक विकास कार्यालय गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको कार्यालय हो । तत्कालीन कार्यालय प्रमुख रमेश थापाको गत कात्तिक महिनामा सरुवा हुनुभएको थियो । प्रदेश सरकारले लामो समयसम्म अर्का प्रमुख नपठाउँदा सेवा प्रवाह, योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको हो सेवाग्राही रुद्र सुवेदीले बताउनुभयो ।

Shreekrishna

“स्वरोजगारमुलक उद्यमलाई सहयोग गर्ने कार्यक्रमको अनुदानका लागि छनौट भएर भुक्तानीका लागि कागजात पेश गरेपनि कार्यालय प्रमुख नहुँदा पाइएको छैन,” उहाँले भन्नुभयो ।

Gunasthariya Shiksya

अधिकृत स्तरका कर्मचारी कार्यालय प्रमुख रहने उक्त कार्यालयमा हाल नायव सुब्बा गोविन्द पुन, एक जना प्राविधिक, लेखा र सहयोगी मात्र छन् । प्रदेश सरकारले उक्त कार्यालय मार्फत कार्यान्वयन हुने ४५ वटा योजनाहरुका लागि चालु आर्थिक वर्षमा रु. दुई करोड ८० लाख ९० हजार बजेट बिनियोजन गरेको छ ।

विभिन्न कार्यक्रमका लागि रु. एक करोड ३५ लाख ७५ हजार बिनियोजन भएको छ । ११ वटा योजनाको सम्झौता र बाँकी सबै योजनाको सर्वेक्षण तथा लागत अनुमान तयार पारेपनि आर्थिक वर्षको सात महिनासम्म वित्तीय प्रगति न्युन छ ।

कार्यालय मार्फत खेलमैदान, सामुदायिक भवन, विद्यालय पूर्वाधार, धार्मिक स्थलहरुको संरक्षण सम्बन्धी योजना, बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्गता, आदिवासी जनजाती, एकल महिला, दलित समुदायको शसक्तिकरण सम्बन्धी कार्यक्रम सञ्चालन हुदै आएको छ ।

कार्यालय प्रमुख नहुँदा भएको समस्याको बारेमा मन्त्रालयमा जानकारी गराइएको र कार्यालय प्रमुखको प्रतिक्षामा रहेको नायव सुब्बा गोविन्द पुनले बताउनुभयो । “कार्यालयको समस्याको बारेमा मन्त्रालयलाई जानकारी गराएका छौ, हामी कर्मचारीहरुले तीन महिनादेखिको तलब पनि खान पाएका छैनौ,” उहाँले भन्नुभयो “मन्त्रालयबाट केही दिनमै कार्यालय प्रमुख पठाउने आवश्वासन पाए अनुसार समस्या समाधान हुनेमा आशावादी छौ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...