अन्नपूर्णको गुइठेभिरमा इकोभ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

Gandaki Ghumau

सुरेन गुरुङ
अन्नपूर्ण ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा बुधबार दिउँसो भएको इको भ्यान दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगर देखि नारच्याङ तर्फ जादै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान सडकबाट कालीगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।

दुर्घटनामा परि सो भ्यानका चालक समेत रहेकी अन्नपूर्ण गाउँपालिका–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरिक्षक रमेशप्रसाद अधिकारीले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको उहाँले बताउनुभयो । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रुहरु चढेको भ्यान सडक देखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ । दुर्घटनाका कारण अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबारदेखि शुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ ।

तरुणदल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले कार्यक्रम स्थल नजिकै भएको दुर्घटनामा स्थानीय व्यक्तिको निधन र घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...