बरंजा र अर्मन जोड्ने दुई वटा मोटरेबल पुल बन्दै (भिडियो रिपोर्ट सहित)

Gandaki Pardesh notice

बाबियाचौर, । कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएका म्याग्दीको मंगला गाउँपालिकाका दुई वटा मोटरेबल पुल निर्माण आयोजना सुरु भएका छन् ।

मंगला गाउँपालिकाको बरंजा र अर्मनका तीन वटा वडालाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा बनाउन लागिएको मोटरेबल पुल निर्माण कार्य गत चैत महिनादेखि रोखिएका थिए ।

मंगला गाउँपालिकाका अध्यक्ष सतस्रसाद रोकाले मजदुर, निर्माण सामग्री अभाव भएपछि रोकिएको पुल निर्माणलाई ठेकेदार र सम्बद्ध कार्यालयसँग समन्वय गरेर निरन्तरता दिएको बताउनुभयो । “कोरोनाका कारण पुल निर्माण अड्कीएको थियो,” उहाँले भन्नुभयो “अहिले हामिले समन्वय गरेर कामदार भित्र्याएर, जति सक्दो छिटो काम सक्न समन्वय र निर्देशन गरेका छौ ।”

Shreekrishna hardwear in news

मंगला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा न.–५ अर्मनको मसानघाट तथा बेनी नगरपालिका–४ फापरखेत देखि मंगला गाउँपालिका–३ पखेर जोड्ने पक्कि निर्माण गर्न सडक डिभिजन कार्यालय बागलुङले बि.स. २०७५ पुषमा लुम्बिनी–प्राकृतिक जेभीसँग रु. २२ करोड मा ठेक्का सम्झौता गरेको थियो ।

Bhautik ministry notice about road

८० मिटर लम्बाई र ११ मिटर चौडाई भएको माटेबगर–अर्मन जोड्ने पुलको ४० मिटरको एउटा स्पाममा ढलान सकेको ठेकेदारले अर्मनतर्फको फिल्लर ठडाउने तयारी गरेको छ । ११७ मिटर लम्बाई, ११ मिटर चौडाईको हुने फापरखेत–पखेर जोड्ने पुलका चार वटै पिल्लर निर्माण सकेर ढलान गर्ने तयारी भएको ठेकेदार कम्पनीका सुपरभाइजर प्रेम केसीले बताउनुभयो ।

“लकडाउन र बर्खाको बाढी पहिरोले रोकिएको पुल निर्माण धमाधम भइरहेको छ,” उहाँले भन्नुभयो “आउने दशै सम्म सक्ने गरि कामलाई तिब्रता दिएका छौ ।” हाल दैनिक ४० जना मजदुर परिचालन भएका छन् । दुई वटा पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशतको हाराहारमा छ ।

सम्झौता अनुसार २०७७ पुष २५ मा सम्पन्न गर्ने लक्ष्य थियो । ठेकेदारले पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोनाको जोखिम र बाढीका कारण पुल निर्माण प्रभाबित भएको हो ।

फापरखेत–पखरे जोड्ने पुलको एक वटा स्पाममा ढलान गर्न गरिएको सटिङ म्याग्दी नदीको बाढीले बगाएको थियो । यो पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुदै ठूलो भुगोल र बस्ति भएका बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिने बाबियाचौरका नारायणबहादुर अधिकारीले बताउनुभयो ।

“अर्मन, बरंजाको साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दालाई बागलुङ बजार जान यो बाटो छोटो हुन्छ,” उहाँले भन्नुभयो । अर्मन र बरंजामा सडक निर्माण भएपनि मोटरेबल पुल नहुँदा स्थानीयबासीले सिधा यातायात सुबिधाबाट लाभ लिन सकेका छैनन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...