बेनीमा तरुण दलको प्रर्दशन

Gandaki Pardesh notice

बेनी । तनहुँमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको बिरोधमा बिहिबार नेपाल तरुण दल म्याग्दीले बेनीमा प्रर्दशन गरेको छ ।

बिवाद बढेपछि सम्भावित झडपलाई रोक्न स्थानीय गरेको निषेधाक्षा तोडेर मोटरेबल पुल उद्घाटन गर्न गएका नेता पौडेललाई बुधबार तनहुँमा प्रहरीले पक्राउ गरेर तीन घण्टापछि छोडेको थियो ।

आफ्ना नेतालाई पक्राउ गरेको बिरोधमा तरुण दलले देशब्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा पनि मोटरसाइकल ¥यालीका साथै जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा कोणसभा गरेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कोणसभालाई सम्बोधन गर्दै आफ्नै कारण र गतिबिधिले असफल बन्दै गएको केपी ओली नेतत्वको सरकार आत्तिएर नागरिकको संबैधानिक अधिकारमाथि हस्तक्षेप गर्न थालेको भन्दै काँग्रेसलाई यस्ता गतिबिधि सह्य नहुने बताउनुभयो ।

निर्वाचनको समयमा काँग्रेस सभापति शेरबहादुर देउवाले कम्प्युनिष्ट सरकार आएमा रुन पनि पाइदैन भनेर गरेको टिप्पणी यथार्थमा परिणत हुन थालेको बताउनुभयो ।

तरुण दल म्याग्दीका सभापति मुकुन छन्त्यालको अध्यक्षता र कोषाध्यक्ष हिरा पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेबिसंघ म्याग्दीका सभापति निर्मल खत्रीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...