च्याङग्राको खोरमा पसेको हिउँचितुवा नियन्त्रणमा

Gandaki Kotihome

जोमसोम, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरका नविनकुमार गुरुङको च्याङग्राको खोरमा पसेको हिउँ चितुवा नियन्त्रणमा लिइएको छ ।

बिहिबार राती साढे दश बजे खोरमा पसेको चितुवालाई इलाका प्रहरी कार्यालय छुसाङबाट खटिएको प्रहरी र स्थानीयबासीहरुको टोलीले बिहान ६ बजे नियन्त्रणमा लिएका हुन् ।

Notice about ban dadalo

चितुवालाई फलामको खोरको पासोमा पारेर नियन्त्रणमा लिई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का कर्मचारीहरुको उपस्थितिमा जङगलमा लगेर छाडिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

Shreekrishna hardwear in news

चितुवाले गुरुङको खोरमा रहेका तीन सय ३३ मध्य चार वटा च्याङग्रा मार्दा रु. ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पछिल्लो समय मुस्ताङमा हिउँ चितुवाले च्याङग्रा र चौरीको गोठमा पसेर क्षति पु¥याउन थालेको छ । आहराको खोजीमा वस्ति र गोठमा चितुवा आउन थालेको बताइएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...