म्याग्दीका असिना पिडित कृषकलाई राहत उपलब्ध गराउन सांसद भण्डारीको माग

Gandaki Ghumau

बेनी, । म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले असिना पिडित कृषकहरुलाई राहत उपलब्ध गराउन माग गर्नुभएको छ ।

प्रदेशसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले गत असोजमा बेनी नगरपालिका–२ ज्यामरुकोटको विभिन्न ठाउँमा असिनाले धानबाली नष्ट गरेर क्षति ब्यहोरेका किसानहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

Gunasthariya Shiksya

ज्यामरुककोटको गौस्वाँराका ४० घरधुरी कृषकको सबैजसो धान असिनाले खेतमै झारिदिएको थियो ।

Shreekrishna

साथै उहाँले बन्दिपुर गाउँपालिका–६ का वडा सचिव नविन भुषाललाई सोही वडाका अध्यक्ष बलबहादुर गुरुङले गरेको कुटपिटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउदै कर्मचारीहरुलाई सुरक्षित भएर काम गर्ने वातावरण मिलाउन पनि माग गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...