बेनीमा पशु अस्पताल निर्माण शुरु

Gandaki Ghumau

बेनी, ः गण्डकी प्रदेश सरकारले म्याग्दीको बेनीमा पशु अस्पताल निर्माण शुरु गरेको छ ।

प्रदेश सरकारले भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत बिनियोजन गरेको बजेटबाट भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दीले अस्पतालको भवन निर्माण शुरु गरेको हो । रु. ४७ लाखको लागतमा चालु आर्थिक वर्षभित्रनै निर्माण सम्पन्न गर्ने लक्ष्य सहित एक तले आठ कोठे भवन निर्माणको काम थालिएको केन्द्रका प्रमुख डा. भरत रेग्मीले बताउनुभयो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. ७१ लाख बजेट बिनियोजन गरेको भवन निर्माणका लागि भएको ठेक्का प्रक्रीयामा सबैभन्दा कम कबोलेको बेनीको एस.एस. बिल्डर्स प्रा.ली.सँग गत हप्ता सम्झौता भएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

“हाल प्रशासनिक भवन परिसरको खुल्ला आकाशमुनी पशुपंक्षीको उपचार गर्नुपर्दा समस्या भएको छ,” केन्द्रका प्रमुख रेग्मीले भन्नुभयो “प्रयोगशाला, एक्सरे, शल्यक्रिया, ओपिडी सहितको भौतिक संरचना बनेपछि पशुपंक्षीको प्रभावकारी उपचार गर्न सहज हुने विश्वास लिएका छौ ।”

भवनको सोमबार प्रदेश सरकारका भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठले शिलन्यास गर्नुभयो । प्रदेश सरकारले गण्डकीका पशुहरुलाई महामारीजन्य रोगबाट बचाउन पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेको, कास्कीमा पशु अस्पताल निर्माण भइसकेको र तनहुँमा निर्माणाधिन रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

यसपाली बेनीमा निर्माण हुने पशु अस्पतालमा आगामी आर्थिक वर्षको बजेटबाट उपकरण खरिद गर्ने र सेवा शुरु गरिने उहाँले बताउनुभयो । यसैगरी मन्त्री श्रेष्ठले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले म्याग्दीमा चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी लिनुभयो । मन्त्रीको टोलीले बेनी नगरपालिका–७ कुरीलाखर्कमा रहेका पशुपंक्षी फार्मको अवलोकन गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...