मोना अस्ट्रेलीयाको नयाँ नेतृत्व चयन

Gandaki Ghumau

सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अध्यक्षमा सुसन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सिड्नीको रकडेलमा आइतबार सम्पन्न १८ औँ बार्षिक साधारण तथा नवौं अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष लक्की श्रेष्ठ, प्रथम उपाध्यक्षमा दिनेश खत्री, द्धित्तिय उपाध्यक्षमा हिक्मत श्रेष्ठ, तृत्तिय उपाध्यक्षमा अनिल बानियाँ, महासचिबमा बाबुराम पौडेल, कोषाध्यक्षमा नगेन्द्र खत्री (राज), सचिबमा विशाल पौडेल र सन्दीप खत्री, सहकोषाध्यक्षमा कुशल पौडेल चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा विजय पुन, गोपाल पुन, मुक्ति सुवेदी, अमित पौडेल, अभिषेक गिरि, शिब बुढाथोकी, नविन केसी (दिपेन्द्र) र लक्ष्मण बुढाथोकी रहनुभएको छ । अधिवेशनले अस्ट्रेलियाको विभिन्न राज्यमा राज्यस्तरीय समिति गठन गर्ने नीति लिएको छ । जसअन्र्तगत सबैभन्दा ठुलो राज्य र धेरै म्याग्देलीहरुको वशोवास रहेको न्यू साउथ बेल्स राज्य समितिको संयोजकमा याम बहादुर बुढाथोकी चयन हुनुभएको छ । न्यू साउथ बेल्स राज्य समितिलाई पछि पूर्णता दिईनेछ भने अन्य राज्यहरुमा पनि गठन गर्ने नीति लिएको छ । कुइनस्ल्याण्ड राज्यमा पनि मोना स्थापना भएर सक्रिय रुपमा सञ्चालनमा रहेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

इन्द्र थापामगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि मोना अस्ट्रेलिया संस्थापक अध्यक्ष उत्तम पुन, पूर्वअध्यक्ष एवम् मोना आइसीका उपाध्यक्ष हरि राम्जाली, पूर्वअध्यक्ष मुक्ति रोका, मोना अस्ट्रेलियाका प्रायोजक एवम् युवा व्यवसायी स्टुडेन्ट भाइब्सका प्रबन्धक निर्देशक बद्री बरुवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष लक्की श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिब दिनेश खत्रीले गरेका थिए । दुई कार्यकाल नेतृत्व गरेका अध्यक्ष थापा मगरले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो ।

थापा मगरको नेतृत्वमा मोनाले विभिन्न सामाजिक अभियान उत्कृष्ट कार्य गरेको भन्दै अस्ट्रेलियाको नाई संस्थाबाट अवार्ड समेत प्राप्त गरेको थियो । त्यसका साथै खेलकुद, मानवीय सहयोग देखि म्याग्दी डिस्कभर नामक खुल्ला फोटो प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।
मोना अस्ट्रेलियाले समग्र म्याग्दीको विकासमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषलाई एक करोड रुपैयाँ पु¥याउने उद्देश्य लिईएको छ । पछिल्लो कार्यकालमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरि भएको बचतबाट रु. २० लाख थप गर्दै रु. ४१ लाखबाट कोषलाई रु. ६१ लाख पु¥याइएको छ ।

उक्त कोषलाई थप मजुबत बनाउदै जाने नयाँ कार्यसमितिले प्रतिबद्धता व्यक्त गरेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निर्वाचित भएपछि प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै कोषलाई रु. एक करोड पु¥याउन व्यक्तिगत रुपमा रु. एक लाख प्रदान गर्ने घोषणा गर्नुभयो । उहाँले सबैलाई अपनत्व हुने गरि अघि बढ्ने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...