जलवायु परिर्वतनको असर सुन्तला खेतीमा

Shreekrishna hardware

बेनी ः तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका निलकण्ठ सुवेदीको बगैचा अहिले रिक्तिएको छ ।

“स्वादिलो, रसिलो हुने भएकाले गलेश्वर र बेनीमा मौवाफाँटको सुन्तला खोसाखोस हुन्थ्यो,” सुवेदीले स्मरण गर्नुभयो “अहिले मौवाफाँटमा सुन्तला उत्पादन हुनै छाड्यो । बगैचा पनि नासियो ।”

कुनै समय राम्रो चर्चा र धेरै माग हुने मौवाफाँटको सुन्तला हाल एकादेशको कथा जस्तै भएको सुवेदीले बताउनुभयो । उहाँकहाँ मात्र नभएर मौवाफाँटमा अहिले कसैको घरमा पनि बगैचा छैन् । एक जनाको एक सय बोट सम्म सुन्तलाको बगैचा थियो । २० भन्दा बढी बगैचा थिए ।

Shreekrishna

चिमखोला, दग्नाम, कुइनेमङ्गलेका बासिन्दाले कोदो, मकै, आलु ल्याएर मौवाफाँटबाट सुन्तला साटेर लैजान्थे । आलु र सुन्तलाको वस्तु बिनिमय गर्ने चलन थियो । मौवाफाँटका क्षेत्री, बाहुन, ठकुरी र चिमखोला, दग्नामका मगर, कुइनेङ्गलेका छन्त्याल जातीबीच मितेरी साइनो लगाउने चलन पनि थियो ।

केही वर्षयता घरायसी उपभोगका लागि लगाएको सुन्तलाको बोटमा पनि फल लाग्न छाडेको मौवाफाँटका बासिन्दा हरि सुवेदीले बताउनुभयो । तापक्रम वृद्धीको असर र माटोमा अम्लियपना बढेका कारण मौवाफाँटबाट सुन्तला नासिएको उहाँले बताउनुभयो । टुनीको रुखहरु फैलिदाँ सुन्तला खेतीमा असर परेको पनि उहाँको अनुभव छ ।

दाना सानो लाग्ने, पात पहेलो भएर झर्ने, हाँगा सुक्ने जस्ता समस्या देखिएको सुवेदीले बताउनुभयो । रघुगङ्गा गाउँपालिकाको केन्द्र रहेको मौवाफाँट समुन्द्रि सतहदेखि एक हजार दुई सय देखि एक हजार चार सय मिटरको उचाईमा छ । मौवाफाँट त्यसभन्दा माथिल्लो क्षेत्रमा पर्ने फुलबारी, दुलेपानी र बुक्लमा सुन्तला खेती राम्रो हुन थालेको छ ।

फुलबारी, दुलेपानी र बुक्ल समुन्द्रि सतहदेखि एक हजार पाँच सय मिटर हाराहारीको उचाईमा छन् । तापक्रम वृद्धिको असर सुन्तला खेतीमा देखिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो ।

Ban devision notice

“सुन्तला खेतीका लागि समुन्द्रि सतहदेखि नौ सय देखि एक हजार पाँच सय मिटर उचाईको भूगोल उपयुक्त भएपनि पछिल्लो समय माथिल्लो क्षेत्रमा खेती हुन थालेको छ,” उहाँले भन्नुभयो “यसअघि सुन्तला फल्ने तल्लो क्षेत्रमा उत्पादन नहुने र माथिल्लो क्षेत्रमा राम्रो उत्पादन हुन थाल्नुलाई तापक्रम वृद्धिको असरका रुपमा लिएका छौ ।”

हावापानी, मौसम र माटोको परिक्षण गरेर मात्र सुन्तला बगैचा स्थापना गर्नुपर्ने उहाँले कृषकहरुलाई सुझाव दिनुभयो । पुराना बगैचामा फल टिपेपछि मल र पानी हाल्न, बोडोपेष्ट लगाउन बास्तोलाले सुझाउनुभयो ।

म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा चार सय २५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैचा छन् ।

गत वर्ष तीन हजार छ सय मेट्रिक्टन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार सात सय ८१ मेट्रिक्टन उत्पादन भएको छ । म्याग्दीका कृषकले यस वर्ष रु. ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलले बताउनुभयो ।

गत वर्ष रु. २४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । सरदर प्रतिकिलो रु. ७० का दरले सुन्तला बिक्री भएको छ । यस वर्ष प्रतिहेक्टर ११ दशमलब २५ मेट्रिक्टनका दरले सुन्तला उत्पादन भएको छ । गत वर्ष प्रतिहेक्टर आठ दशमलब छ मेट्रिक्टनका दरले सुन्तला उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रका प्राविधिकहरुले ‘क्रप कटिङ’ बिधिबाट सुन्तलाको उत्पादनको अवस्थाको बारेमा उत्पादनको अवस्था पहिचान गरेका हुन् । नयाँ बगैचा विस्तार, अनुकुल मौसम र रोगकिराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन गत वर्षको तुलनामा करिब २५ प्रतिशतले बढेको हो ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौ, पोखरा, मुग्लीन लगायतका बजारमा सुन्तला बिक्री भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैचा ब्यवस्थापन, साना सिचाई र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।

यस वर्ष चार सय रोपनीमा सुन्तला बगैचा सुदृढीकरण कार्यक्रम सञ्चालन र थप ४० रोपनीमा खेती विस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...