गुन पुनको मुक्तक संग्रह ‘प्रेम र आँसु’

Shreekrishna hardware

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामका गुन पुन ‘गुञ्जन’को ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन गरिएको छ ।

प्रणय दिवसको पवसर पारेर नाङ्गीदेवी आमा समुहको सभाहलमा शुक्रबार एक कार्यक्रमबीच वडा अध्यक्ष पविन गर्बुजाले मुक्तक संग्रहको विमोचन गर्नुभएको हो । उक्त पुस्तकको प्रकाशक तथा आर्थिक सयोग दग्नाम वैदेशिक सहयोग समिति वहराइनले गरेको छ ।

कार्यक्रममा वडा अध्यक्ष गबुर्जाले ‘प्रेम र आँसु’ मुक्तक संग्रहको समीक्षा गर्दै मुक्तक संग्रह प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताउनु भयो । मुक्तकमा सुखदुःखका कुरा, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण गर्न सक्षम भएको वडा अध्यक्ष गर्बुजाको भनाई थियो ।

Shreekrishna
Ban devision notice

उक्त मुक्तक संग्रहमा स्वदेश तथा विदेशमा रहेका दग्नामी समाजबीच सहकार्य गर्न प्रेरित गर्ने, स्थानीय संघ सस्थाहरुलाई गाउँ विकासमा सहकार्य गर्न प्रेरणा दिलाउने, सदरमुकामबाट नजिक भएर पनि अधिकांश समुदायले दग्नामलाई नचिनेको हुँदा लेख रचना मार्फत चिनाउन प्रयास गर्ने र पुस्तक प्रकाशनबाट संकलित रकमले रघुगंगा गाउँपालिका भित्रको विद्यालय स्तरीय कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको लेखक पुनले जानकारी दिनुभयो ।

निमावि तहका अंग्रेजी शिक्षक तथा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहनु भएका गुन पुनको “प्रेम र आँसु” चौथो कृति हो । यस अघि गजल गाथा (गजल संग्रह २०६२), याद बाँकी छ (गजल संग्रह २०७१) र ढिकिबोटे थाने पुन खलक (खोज २०८१) प्रकाशित भएका छन् । जिवनको अन्तिम प्रहर (कविता संग्रह), दविएको आवाज (उपन्यास), समय फेरिएछ (गजल संग्रह) र मन भित्रको नियात्रा (एक पुस्तक) पुनका प्रोकाशोन्मुख कृति हुन ।

विमोचन समारोहमा रघुगंगा गाउँपालिका निबर्तमान उपाध्यक्ष कमला तिलिजा, बडा सदस्य राजकुमारी गर्बुजाले शुभकामना मन्तव्य राख्नुभएको थियो । दग्नाम वैदेशिक सहयोग समिति वहराइनका पूर्व अध्यक्ष भविप्रसाद तिलिजाको अध्यक्षता, नाङ्गीदेवी आमा समुहकी सदस्य मैना गर्बुजा पुनको स्वागत र कृष्ण गर्बुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...