म्याग्दीमा सुन्तला उत्पादन करिब २५ प्रतिशतले बढ्यो

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो ।

गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलब ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले नयाँ बगैचा विस्तार, अनुकुल मौसम र रोगकिराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन बढेको बताउनुभयो ।

“गत वर्ष तीन हजार छ सय मेट्रिक्टन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार सात सय ८१ मेट्रिक्टन उत्पादन भएको छ,” उहाँले भन्नुभयो “म्याग्दीका कृषकले यस वर्ष रु. ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् ।”

Shreekrishna

सरदर प्रतिकिलो रु. ७० का दरले सुन्तला बिक्री भएको छ । यस वर्ष प्रतिहेक्टर ११ दशमलब २५ मेट्रिक्टनका दरले सुन्तला उत्पादन भएको केन्द्रका प्रमुख बास्तोलाले बताउनुभयो । गत वर्ष प्रतिहेक्टर आठ दशमलब छ मेट्रिक्टनका दरले सुन्तला उत्पादन भएको थियो ।

जिल्लाभर आठ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा चार सय २५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गत वर्ष रु. २४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।

Gunasthariya Shiksya

कृषि ज्ञान केन्द्रका प्राविधिकहरुले ‘क्रप कटिङ’ बिधिबाट सुन्तलाको उत्पादनको अवस्थाको बारेमा उत्पादनको अवस्था पहिचान गरेका हुन् । उत्पादन दिने बोट थपिएको र मौसमले साथ दिएकाले सुन्तला उत्पादन बढेको मंङ्गला गाउँपालिका–३ दहका कृष्णलाल सापकोटालेब ताउनुभयो ।

राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैचा छन् ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौ, पोखरा, मुग्लीन लगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैचामै आउने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैचा ब्यवस्थापन, साना सिचाई र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।

यस वर्ष चार सय रोपनीमा सुन्तला बगैचा सुदृढीकरण कार्यक्रम सञ्चालन र थप ४० रोपनीमा खेती विस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...