म्याग्दी जेसिजका सदस्यको दुर्घटना बिमा

Gandaki Ghumau

बेनी । म्याग्दी जेसिजले आफ्ना साधारण सदस्यहरुको दुर्घटना बिमा गरिदिएको छ ।

शिखर इन्सोरेन्स कम्पनी मार्फत सदस्यहरुको दुर्घटना बिमा गरेको हो । दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि रु. एक लाख सम्म र घाइते भएमा उपचारका लागि रु. एक लाख सम्मको लाभ प्रदान गरिने म्याग्दी जेसिजका शाखा अध्यक्ष बिनोद घर्ती क्षेत्रीले बताउनुभयो ।

जेसिजको कार्यालयमा शनिबार दुर्घटना बिमाको पोलिसी हस्तान्तरण गरिएको छ । प्रिमियम शूल्क जेसिजले ब्यहोरेको छ । म्याग्दी जेसिजको वर्ष २०२५ को नयाँ कार्यसमितिको पहिलो बैठकले बनाएको कार्ययोजनामा सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

“कसैको पनि दुर्घटना नहोस् भन्ने हाम्रो कामना हो, तर आकस्मिक घटनामा राहत प्रदान गर्न यो बिमा योजना सुरु गरेका छौ,” म्याग्दी जेसिजका शाखा अध्यक्ष घर्तीले भन्नुभयो “यो योजना अन्तर्गत सदस्यको २४ सै घण्टा जोखिम बहन गर्नेछ । बिमा योजनालाई दिर्घकालिन र व्यवस्थित बनाउन कार्यविधि तयार पारिनेछ ।”

शिखर इन्स्योरेन्स बेनी शाखाले म्याग्दी जेसिजले सञ्चालन गर्ने अन्तर मा.वि. जेसिज कप फुटबल प्रतियोगिताको सन् २०२२ देखि प्रत्येक वर्ष खेलाडीहरुको निःशूल्क बिमा गर्दै इन्स्योरेन्स पार्टनरको भूमिका खेल्दै आएको छ ।

म्याग्दी जेसिजका पुर्व अध्यक्ष खम थापामगरको प्रमुख आतिथ्यता, पुर्व अध्यक्ष बिरेन्द्र श्रेष्ठको विशिष्ट आतिथ्यता, निवर्तमान अध्यक्ष सुमन बानियाको आतिथ्यता, वरिष्ठ कार्यकारिणी उपाध्यक्ष सज्जन श्रेष्ठको स्वागत, उपाध्यक्ष गणेश सुवेदीको अस्था पाठ बाचन र प्रकरण निर्देशक विशाल खत्रीको जेसिआई मिसन र भिजन वाचन रहेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा उपाध्यक्ष समेत रहेका शिखर इन्सोरेन्सका बेनी शाखा प्रबन्धक कपिल बानियाले गर्नुभएको थियो । उहाँले बिमा कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...