बेनी नगरपालिका र मंगला गाउँपालिकामा कवड्डी संघ गठन

Gandaki Ghumau

बेनी, । बेनी नगरपालिका र मंगला गाउँपालिका स्तरीय कवड्डी संघ गठन भएको छ । बेनीका कवड्डी खेलाडीहरुको भेलाले अनिश गौचनको अध्यक्षतामा संघ गठन गरेको हो ।

संघको उपाध्यक्षमा अविशेक बानिया, सचिवमा सरोज जिसी र कोषाध्यक्षमा सविन जि.सी. चयन हुनुभएको छ । सदस्यहरुमा सुबम शाक्य, पुजन चोखाल, करण क्षेत्री, सुदिप परियार, सामु शेर्पा, सचिन खत्री, उपासना थापा र सोनिमा जुग्जाली रहनुभएको जिल्ला कवड्डी संघका अध्यक्ष आशिष पुनले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya
Shreekrishna

बेनी नगरपालिकाका प्रमुख सुरत केसीको उपस्थितिमा माघ १६ गते गठन भएको संघका पदाधीकारी र सदस्यहरुलाई शनिबार सम्मान गरिएको छ ।

यसअघि माघ २४ गते बाबियाचौरमा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको उपस्थितिमा भएको भेलाले क्षितिज खड्काको अध्यक्षतामा मंगला गाउँपालिका स्तरीय कवड्डी संघ गठन गरेको थियो । संघको उपाध्यक्षमा विवेक विक, सचिवमा इन्दिरा केसी, सहसचिवमा प्रकाश सापकोटा, कोषाध्यक्षमा छविलाल बुढा, सदस्यमा रुपेश रोका, किसान बिक, अतिज घर्ती क्षेत्री, किस्मत बिक, सापुस बिक, सुबत सेन, बिना सापकोटा, करिना सुनार, सिर्जना बिके र निशाना किसान रहनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...