निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुमन सुवेदी

Gandaki Ghumau

बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको नवौ जिल्ला अधिवेशन बुधबार बेनीमा सम्पन्न भएको छ ।

अधिवेशनबाट सुमन सुवेदीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा प्रदिप गौतम, उपाध्यक्ष महिलामा बिष्णुमाया कुँवर, उपाध्यक्ष समावेशी प्रेमचन्द्र प्रकाश जयसवला, सचिव कमलराज शर्मा, सहसचिव तारा बानिया, कोषाध्यक्ष गणेश पौडेल चयन हुुनुभएको छ । सदस्यहरुमा डेकमाया केसी, प्रकाश घर्ति क्षेत्री, बिरबहादुर ओली, लेखनाथ सापकोटा, सराजे पन्त, वेदनाथ सुवेदी चयन हुनुभएको छ ।

Gunasthariya Shiksya
Shreekrishna


सदस्यहरुमा रामप्रसाद रेग्मी, बिष्णुप्रसाद पौडेल, सुदिप पोख्रोल, भिष्मबहादुर थापा, प्रकाश चोचाङ्गी, सुनिल कुमार कुशहवा, विराजकुमार ठाकुुर, संस्कृति क्षेष्ठ, विद्या पौडेल, तारानाथ हुम्यान जैसी, मुुकुन्द बराल, प्रकाश पुन रहनुभएको छ । केन्द्रिय महाधिवेशन प्रतिनिधीमा दयाराम पौडेल, सुभाष रेग्मी, सिर्जना शाही, प्रदेश महाधिवेशन प्रतिनिधीमा दिपक शेरचन, गणेश रिजाल, प्रतिमादेवी शर्मा चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन गर्नुहुदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य सारदा पौडेलले नागरिकलाई सेवा प्रवाह गराउने माध्यम कर्मचारीहरुले सिर्जनशिल र जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाल निजामती कर्मचारी युनीयनका बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, नेपाली काँग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, उपासभापति केबी भण्डारी, नेता ओम छन्त्याल, नेपाल तरुण दल म्याग्दीका कार्यबाहक अध्यक्ष श्रीप्रसाद रोका, निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मी, ्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदी लगायतको उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...