बाँसखर्कमा सुन्तला खेतीको अवस्था, सम्भावना र चुनौति

Gandaki Kotihome

मेखबहादुर खत्री
नेपालको गण्डकी प्रदेश पर्वत जिल्ला जलजला गा.पा. वडा न. १ बाँसखर्क पर्वत जिल्लाको सुदुर उत्तर म्याग्दी जिल्लाको अन्नपूर्ण गा.पा.. राम्चे सँग जोडिएको छ । भौगोलिक दृष्टिकोणले उत्तरि मोहडा तर्फ भिरालो जमिनमा फैलियको जलजला गा.पा. वडा न. १ बाँसखर्क भिरालो,ओसिलो र उच्च प्राकृितक जोखिम जमिनमा रहेको फलफुल खेतिमा विशेषगरी सुन्तलामा परिचित छ । उचाइको हिसावले समुद्र सतह वाट लगभग ११०० मिटर देखि १९०० मिटरमा रहेको यस बाँसखर्कको अक्षांसीय फैलावट २८.३७७६८ डिग्री उत्तर र देशान्तरीय फैलावट ०८३.५९५४८ डिग्री पूर्व रहेको छ ।
जनगणना २०७८ अनुसार जम्मा घरधुरी २३९ मध्य महिला ४४९ र पुरुष ४५१ गरि जम्म ९०० जनसंख्या रहेको जलजला १,बाँसखर्कमा जनजाति अन्तर्गत मगर जातिको वाहुल्यता रहेको छ र वाहुन, क्षेत्री, दमाई ,कामि ,गुरुङ्गको पनि राम्रै उपस्थिति रहेको छ । सबै जातिको उपस्थिति रहेको वडा भएकोले सामाजिक तथा साँस्कृतिक विशेषतामा निकै धनि रहेको छ । यहाँका मुख्य चाडपर्वमा दशै ,तिहार ,तिज, जनैपुर्णीमा ,चैत्र दशै ,मागे सङ्क्रान्ति, श्रावण सङ्क्रान्ति,फागुपुणिमा ,क्रिश्मश डे आदि हुन, मागि विवाह ,भागि विवाह वढि प्रचलनमा रहेका छन ,लोग्ने स्वास्नी वन्ने अनि लामो समय पछि विवाह भनि माइति भेट्न वाजा गाजा,तामदाम सहित जाने आउने चलन विद्यमान देखिन्छ । सामान्यतया मानिस मरेपछि गर्ने काजक्रियामा मगर जातिले तिन दिन मात्र रातभरि जागाराम वसि वडो कष्टदायी तरिकाले गर्दछन र गुरुङ्ग जातिले लामा द्धारा आफ्नो परम्परा अनुसार गर्ने गर्दछन अन्य जाति ले तेह्रदिन सम्म चोखो निष्टा रहि सनातन हिन्दु परम्परा अनुसार गर्ने गर्दछन । यस बाँसखर्कमा हिन्दु धर्मालम्वीहरुको वाहुल्यता रहेको छ, र वौद्ध, क्रिष्चियन धर्म मान्ने मानिसहरु को पनि उपस्थिति रामै्र रहेको देखिन्छ । सुन्तला खेतीले प्रख्यात देशकै स्वादिलो, आकार र रङ्गमा गुणस्तरीय सुन्तला उत्पादन यस समूदायको प्रमूख आम्दानीको स्रोत हो,त्यस्तै भारतीय तथा वेलायती सेनाबाट पेन्सन खाने भूपु सेनाहरुको र अन्य देशमा जागिर खान जाने मानिसहरुको संख्या पनि राम्रै रहेको छ । केहि महत्वपूर्ण विकासको पूर्वाधारको विकास हुन नसक्दा सुविधाको खोजीमा बसाइँ सरि बाहिर जाने क्रम पनि बढ्दो छ ।

0.9.142
Notice about ban dadalo


पर्वत जिल्ला जलजला गा.पा. वडा न. १ को मालगाँउ र घुमाउने तालका थोरै जमिन बाहेक अधिकाशं क्षेत्र बाँसखर्क सुन्तला खेति उत्पादन सेवाक्षेत्र भित्र पर्दछन् । वि.स.१९९७ ÷९८ साल तिर जलजला गाउँपालिका बाँसखर्कको वजारमारे तथा विरमारेमा १÷२ वोटका रुपमा सुन्तला देखिएको र सुन्तला सोखका लागि मात्र लगाउने गरेको र विस्तारै कृषकहरुमा चेतनाको विकास हुनु,कृषिविकास वैंकले सुन्तला खेती गर्ने कृषकलाई ऋण दिन थाल्नु र ऋणको लागि वि.स.२०२८÷२९ साल तिर बाट सुन्तला खेती गर्न थालिएको पाइन्छ । सुन्तला राम्रो सँग फल्ने र त्यसको व्यापार वेनी बाग्लुङ सम्म वेचविखन गरीने र त्यस बाट सामान्य आम्दानी हुन थाले पछि विशेष गरि लुम्ले कृर्षि अनुसन्धनालयको स्थापना र यहाँका केहि भूपु व्रिटिस आर्मीका व्यक्तिहरु त्यस कार्यालयमा जागिर खान थाले पछि लुम्ले कृर्षि अनुसन्धानालयले बाँसखर्कमा फलेको सुन्तला दाना वेर्ना उत्पादनका लागि खरिद गरि लैजाने र वेर्ना उत्पादन गरि यहाँका कृषकलाइ अनुदान वा कम मूल्यमा उपलब्ध गराउन थाले पछि यहाँ विस्तारै सुन्तला खेतिको चासो बढ्न गएको देखिन्छ । यो समयमा सुन्तलाको वजार वेनी र वाग्लुङमा मात्र सिमित रहेको थियो विशेष गरि २०३८ ÷४० साल तिर बाट सुन्तला खेतिको विस्तार हुन थालेको र व्यवसायिक रुपमा २०५२÷५३ साल बाट जव वेनी वजार सम्म कच्चि मोटर बाटोको सुविधा भयो अनि बाँसखर्कका सुन्तला पोखरा वजार सम्म जान थाल्यो सुन्तलाको राम्रो व्यापार हुन थालेपछि बाँसखर्कका कृषक हरुले सुन्तला खेतिलाई व्यवसायीकिकरण गर्न थालेका हुन । हाल आएर बाँसखर्कको अधिकाशं जग्गा लगभग १५०० रोपनी जग्गामा सुन्तला खेति हुन थालेको छ भने हरेक कृषकले आफ्नो वाझो तथा जङ्गल रहेको जग्गाम समेत गरा बनाई व्यवसायिक सुन्तला खेति गर्ने क्रम जारी छ । वि.स.२०७८ को जनगणना अनुसार जम्मा २३९ घरधुरी रहेका छन भने अधिकाशं घरधुरीहरुले आफ्नो भएको जग्गामा व्यवसायिक सुन्तला खेति गर्न थालेका छन हाल लगभग एक घर परिवारले वार्षिक ५ लाख देखि ४० लाख सम्म खर्च कटाइ सुन्तला खेतिबाट आम्दानी गर्न थालेका छन । यो वर्ष २०८१ मा सुन्तला उत्पादन अत्याधिक मात्रमा उत्पादन भएको छ । यो वर्ष लगभग १९ करोडको सुन्तला उत्पादन रहेको छ र वेच्ने क्रम जारी रहेको छ । कृषि ज्ञान केन्द्र तथा जोनका कार्यक्रमहरुले यहाँका कृषकहरुलाई कुनै न कुनै माध्ययम बाट केहि राहत तथा सुन्तला खेतिका लागि प्रेरणा प्रदान गरेको छ तर यो प्रयाप्त र साना कृषकहरुको पहुच सम्म पुग्न सकेको अबस्था छैन । हाल बाँसखर्कमा उत्पादन भएको सुन्तला पोखरा,मुग्लीन,नारायणगड र काठमाडौंमा विक्रि हुने गरेको छ । विशेष गरि वेनी बाट बाँसखर्क सम्मको मोटर बाटो व्यवस्थित हुन नसक्दा सुन्तला ढुवानीमा सास्ती रहेको तथा ढुवानी खर्चीलो र जोखिमयुक्त रहेको छ । यो वर्ष लगभग फागुनको दोस्रो हप्ता सम्म बाँसखर्कमा सुन्तलाको व्यापार हुने अनुमान रहेको छ ।

Shreekrishna hardwear in news


जलजला १, बाँसखर्क पर्वतमा हाल सम्म १५०० भन्दा बढी रोपनी क्षेत्रफलमा ५१,१५१ सुन्तला लगाइएको छ । जम्मा सुन्तलाका वोट मध्य २६,७०६ सुन्तलाले आम्दानी दिन थालेका छन भने २४,४४५ वोटहरु भखर मात्र लगाइएका छन् । यसरी हेर्दा ४७.७८ प्रतिशत सुन्तलाका वेटले आम्दानी दिन थाल्ने हो भने हालको आम्दानीमा दोव्वर वृद्धि हुने देखिन्छ । बासखर्कमा सुुन्तला खेतीबाट धेरै आम्दानी गर्ने कृषकहरुमा जगतबहादुुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुुमार अर्मजा हुुनुुहुन्छ । यसवर्ष खत्रीले रु. ३५ लाख, छिन्तेलले रु. २३ लाख र अर्मजाले रु. १९ लाख बराबरको सुन्तला फलाउनुभएको छ । तेजबहादुर खत्रीले शुसान सुन्तला नर्सरी फर्म र नरबहादुर पाइजाले पाइजा सुन्तला नर्सरी फर्म स्थापना गरेर बिरुवा उत्पादन गर्दै आउनुुभएको छ ।
बाँसखर्क पर्वतमा व्यवसायिक सुन्तला खेतिले यहाका मानिसहरुको जिवन स्तर नै वदलिएको छ । यहाँका कृषकहरु वर्षको वाह्रै महिना सुन्तला खेतिमा व्यस्त रहने गर्दछन । काम गर्न चाहने मानिसका लागि वेरोजगार रहनु पर्ने अवस्था छैन । सुन्तला उत्पादन र यसबाट हुने आम्दानीमा गर्व गर्दछन । यसरिनै यो खेतिमा लाग्ने र समय तथा प्रकृतिले साथ दिने,वेनी वगर बाँसखर्क र वेनी कोटघर साम्मारे मोटर बाटोको विकास ,पहिरो नियन्त्रण,सिंचाइ तथा सुन्तला खेतिमा प्राविधिक सहयोग,सुन्तला वोट माथिको विजुलीको नाङ्गो तारको व्यवस्थापन जस्ता कार्यमा सम्बन्धित निकायको ध्यान पुग्ने हो भने अवको २ वर्षमा यहाँको कृषक हरुको जिवन स्तरमा नाटकीय परिवर्तन हुने र यसले देशमै काममा तन मन लगाए स्वर्ग यही छ भन्ने पाठ सिक्ने र सिकाउने निश्चित देखिन्छ ।
बाँसखर्कमा व्यवसायिक सुन्तला खेतिका समस्या तथा चुनौति ः
क) वेनी वगर गौरेटे बाँसखर्क र बेनी कोटघर साम्मार बाँसखर्क मोटर बाटो व्यवस्थित नहुनु
ख) सुन्तला खेतिको लागि वरानी पहिरो नियन्त्रणका लागि कुनै पनि प्रयास नहुनु
ग) भएको जग्गामा सुन्तला खेति गर्दा मलखादको समस्या
घ) सुन्तला खेतिका लागि सिंचाइको समस्या
ङ) विद्युत लाइनको व्यवस्थापन नहुदा सुन्तलाको वोटमा समस्या
च) कृषकलाई आम नागरिकले हेर्ने गलत दृष्टिकोण
छ) प्राविधिक तथा दक्ष जनसंख्याको अभाव
हावापानी, माटो र जमिनको मोहडा गुणस्तरिय सुन्तला उत्पादनका लागि जलजला गाउँपालिका बाँसखर्क वरदान वनेको छ । कृषि विकास वैंकले सुन्तला खेतिका लागि ऋण उपलब्ध गराउनु,लुम्ले कृषि अनुसन्धनालयले सुन्तलाका विरुवा उपलब्ध गराउनु,बाँसखर्कका तत्कालिन कृषकहरुले सुनतला खेति गर्न सुरु गर्नु र हाल आएर सामुहिक तथा फर्मका आधारमा कृषि ज्ञान केन्द्र,जोनको कार्यलयले थोरै भएपनि साझेदारीमा अनुदान उपलब्ध गराउनु यहाँका कृषकहरुलाइ सुन्तला खेतिको लागि केहि भएपनि प्रेरणाको स्रोत वनेको छ । बाँसखर्कका कृषक सुन्तला खेतिको विकल्प देख्न छाडेका छन । आफ्नो पुरा समय र तागत सुन्तला उत्पादनमा लगाएका छन । यहाँका कृषक हरुको यो उर्जा मर्न नदिन, सुन्तला खेतिको थप विस्तार,विकास र टिकाउका लागि नेपाल सरकार तथा सम्बन्धित निकाएको ध्यान पुग्न जरुरी छ । बाँसखर्कको सुन्तला उत्पादन,वजार व्यवस्थापन,कृषक हरुले उत्पादन गरेको सुन्तला वजार सम्म पुराउनको लागि मोटर बाटो, यहाँको सुन्तला उत्पादन हुन लाएक जग्गाको पहिरो नियन्त्रण,सिंचाइ जस्ता आधारभूत कुराहरुमा नेपाल सरकार र सरकार सँग सम्बन्धित निकाएको देखिने गरि ध्यायन पुग्न नसकेको बाँसखर्कका सुन्तला उत्पादन कृषक हरुको गुनासो रहेको छ । कृषकहरुलाइ आशा छ अवका दिनमा हाम्रो सरकार छ,राजनीति दल छ ,हामी गर्न खोजेका र गरेका कृषकहरुको मन रहने गरि काम सम्बन्धित निकायबाट हुने छ, यसबाट थप प्रेरणा प्राप्त गरि समग्र बाँसखर्क थप व्यवस्थित तथा सुन्तलामय हुने छ ।
सुुन्तला कृषक समेत रहेका लेखक खत्री बाँसखर्कको ज्योतीमण्डल माविका प्रअ हुुनुुहुन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...