साहित्यकार अजयमिलन श्रेष्ठ रु. एक लाख नगद सहित पुरस्कृत

khali

बेनी, ः बेनी नगरपालिका–७ निवासी लेखक तथा साहित्यकार अजयमिल श्रेष्ठलाई शुक्रबार रु. एक लाख नगद सहित पुरस्कृत गरिएको छ ।

धनेश्वरी–तारानाथ स्मृति कोषले बेनी नगरपालिका–५ पुलाचौर स्थित जनकल्याण माविमा आयोजना गरेको कार्यक्रममा साहित्यकार श्रेष्ठलाई पुरस्कृत गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठ, कोषका सचिव माधवप्रसाद रेग्मी लगायतले श्रेष्ठलाई विशिष्ट कवीको रुपमा सम्मान सहित नगद रु. एक लाख पुरस्कार प्रदान गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

श्रेष्ठले अनुसन्धानमुलक लेख, रचना, कविता, गित आदी मार्फत म्याग्दीको इतिहाँस, कला, साहित्यको संरक्षण र सम्र्वद्धनमा पु¥याएको योगदान वापत सम्मान गरिएको रेग्मीले बताउनुभयो ।

khali

पुरस्कृत साहित्यकार श्रेष्ठले स्वर्गीय पंण्डित तारानाथ रेग्मीको जीवनकाव्य लगायत दर्जनौ पुस्तक प्रकाशन गर्नुभएको छ । कोषले पत्रकारतर्फ नेपाल टेलिभिजनका म्याग्दी समाचारदाता राकेश शर्मालाई पनि रु. १० हजार सहित सम्मान गरेको छ । साहित्यतर्फ बेनीका कृष्णबहादुर बानियालाई रु. १० हजार सहित सम्मान गरेको छ ।

वि.स. २०८० को एसईई परिक्षामा उतिर्ण हुने जनकल्याण माविका तीन जना विद्यार्थी मध्य दुई जनालाई १५÷१५ हजार र एक जनालाई रु. सात हजार पाँच सय सहित पुरस्कृत गरिएको छ ।

शैक्षिक तथा धार्मिक व्यक्तित्व धनेश्वरी र तारानाथ रेग्मीको स्मृतिमा स्थापित कोषले हरेक वर्ष शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पु¥याउनेलाई सम्मान गर्दै आएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, दाजुहरु मुकुन्द, नारायण, स्वर्गीय मोहन र रामप्रसाद रेग्मी लगायत परिवारका सदस्यहरुले रु. १८ लाखको कोष स्थापना गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...