राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले ६० औ वार्षिकोत्सव मनायो

Gandaki Ghumau

बेनी, । राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले बिहिबार ६० औ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा शाखामा आयोजित र्काक्रममा उत्कृष्ट कारोबार गर्ने दुई जना ग्राहकलाई सम्मान गरिएको छ । बेनी नगरपालिका–७ संगमचोकको धर्मनारायण ईन्टरप्राईजेज र उत्कृष्ट कारोबारकर्तामा रघुगंगा गाउँपालिका–२ भगवती घर भई हाल यूएईमा रहेका ब्यवसायी ठक्करबहादुर कार्की (प्रकाश)लाई सम्मान गरिएको हो ।

Gunasthariya Shiksya

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, होटल याक गलेश्वरका सञ्चालक ताराप्रसाद आचार्य (बाबुराम), पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, बैंकर्स संघ म्याग्दीका सचिव नारायण सापकोटा लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाका प्रबन्धक नवराज ढुंगानाले आधुनिक सेवा प्रवाहसँगै वित्तीय साक्षरता, समुदाय स्तरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउनुभयो । वित्तीय साक्षरता कार्यक्रम पनि गरिएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...