जोमसोम, । बेजोडका साथ निरन्तर चलिरहेको हावाहुरीका कारण मुस्ताङको जनजिवन प्रभावित भएको छ ।
बुधबार अपराहन्नदेखि मुस्ताङमा सुरु भएको हावाहुरी बिहिबार रातीसम्म पनि रोकिएको छैन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले सार्वजनिक सूचना जारी गरेर सतर्कता अनपाउन अनुरोध गरेको छ ।
हावाहुरीले जोमसोममा एउटा सरकारी कार्यालय, थुपाङ एयरपोर्टमा एउटा होटल र स्याङमा प्रतिक्षालयको छानो उडाएको छ । प्रहरी नायव उपरीक्षक सुर्यबहादुर बोगटीले हावाहुरीले उडाएको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङको कार्यालय भवनको जस्तापाटाको छानोलाई सुरक्षाकर्मीको टोलीले तत्कालै मर्मत गरेको बताउनुभयो ।
उहाँका अनुसार हावाहुरीले पु¥याएको क्षतिको विवरण संकलन भइरहेको छ । सर्वसाधारणहरु घरबाहिर निस्कन सकेका छैनन् । अत्याधिक हावाहुरीका कारण विद्युत, इन्टरनेट र सञ्चार सेवा नियमित हुन सकेको छैन् ।
“मुस्ताङ जिल्लामा विगत २४ घण्टादेखि आईरहेको तिव्र गतिको हावाहुरीका कारण घर वस्तिमा क्षति पु¥याउन सक्ने, घरका छानोहरु उडाउने, आगलागि भई धनजनको क्षति हुन जाने भएकाले सचेत भई सुरक्षित स्थानमा बस्नुहुन र विपदका घटनाको प्रहरीलाई जानकारी गराउनहुन अनुरोध छ,” जिल्ला प्रहरी कार्यालय मुस्ताङले बिहिबार साँझ ६ बजे जारी गरेको सूचनामा भनिएको छ ।
हावाहुरी रोकियोस् भन्ने कामना सहित घरपझोङ गाउँपालिका–५ ठिनीमा बिहिबार पुजाआजा गरिएको स्थानीय युवा निरज थकालीले बताउनुभयो । गाउँमुखीया, जनप्रतिनिधीहरुको उपस्थितिमा पितृ र विभिन्न देवी देवताको नाममा पुजा गरिएको थियो ।
देशका अन्य ठाउँमा हिउँ परेपनि मुस्ताङमा हिउँद सकिनै लाग्दा पनि यसपाली हिउँ परेको छैन् । हिउँ नपर्दा मुस्ताङको प्रमुख फलफुलबाली स्याउ खेती गरेका किसानहरु चिन्तित भएका छन् । स्याउको परागसेचन प्रक्रीयाका लागि ऋणात्मक तापक्रम आवश्यक पर्छ ।
हिउँले हिउँदेबालीको लागि सिचाईको पनि काम गर्छ । हिउँ पग्लीएर जमिन र मल भिजेर बिरुवालाई आवश्यक पर्ने तत्व आपुर्ति हुने गर्छ । सिचाई सुविधा नभएका खेतबारीमा जौ, गहुँ, उवाबाली खेती प्रभावित भएको छ । पाँच÷सात वर्षअघिसम्म मुस्ताङमा पुष माघमा बाक्लो हिउँ पर्ने गर्दथ्यो । पछिल्ला केही वर्षयता फागुन, चैतमा हिउँ पर्ने गरेको छ । बर्खा याममा अत्याधिक बर्षात हुन थालेको छ ।