धवलागिरीको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएको छ ।

एक सय १२ मिटर लामो पुलबाट धवलागिरी गाउँपालिका–४ खिवाङ, वडा नं. –५ मलम्पार र वडा नं.– मराङका एक सय ७० घरका आठ सय ५० जनसंख्या लाभान्वित भएका छन् । रु. ५७ लाख ५२ हजार पाँच सय ८८ को लागतमा पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

उपभोक्ता समितिका सदस्य चन्द्रबहादुर हमालले पुल बनेपछि एक घण्टा तीस मिनेटको बाटो पाँच मिनेटमा छोटिएको बताउनुभयो । पहाडको टुप्पो देखि फेदीमा झेरर जंगल र भिरको बाटो भएर पुनः डाडामा उक्लदा भालु, चितुवाको डर थियो ।

Shreekrishna

धवलागिरी गाउँपालिका, उपभोक्ता र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (स्वाप)को सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो ।

गाउँपालिकाले रु. सात लाख ४९ हजार ९२ सहयोग गरेको पुल निर्माणका लागि उपभोक्ताले रु. एक लाख १५ हजार दुई सय ४५ बराबरको श्रमदान गरेका मिलन म्याग्दीका अध्यक्ष दिलु बिटालुले बताउनुभयो ।

स्वाप कार्यक्रम मार्फत लठ्ठा, बुल्डअफ ग्रिप, निर्माण सामग्री खरिद, ढुवानी, मजदुरको ज्याला र गैरसरकारी संस्थाको सेवा शूल्कका लागि रु. ४८ लाख ८८ हजार दुई सय ५१ बराबरको सहयोग भएको छ ।

Gunasthariya Shiksya

यस वर्ष धवलागिरी गाउँपालिकामा खोलाखर्क र हाडेभिर–खारा जोड्ने म्याग्दी खोलामाथि दुई वटा झोलुङ्गे पुल निर्माण भएको छ । रु. ५७ लाख ८६ हजार चार सय ८८ को लागतमा निर्माण भएको हाडेभिर–खारा जोड्ने एक सय एक मिटर लामो झोलुङ्गे पुलबाट धारापानी, खारा, बिम, इल्पुका एक सय ७४ घरका एक हजार दुई सय ३३ जनसंख्या लाभान्वित भएका छन् ।

खोलाखर्कको झोलुङ्गे पुलको बिहिबार धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गर्नुभयो । सडक सुविधाको पहुँच नभएको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा निर्माण भएको झोलुङ्गे पुल सुरक्षित आवत जावत र यात्राअवधी छोट्याउन प्रभावकारी बनेको बताउनुभयो ।

समुदाय, दातृ निकाय र गैरसकारी संस्थासँग समन्वय गरेर आवश्यक अन्य ठाउँमा पनि पुल निर्माणका लागि गाउँपालिकाले पहल गरेको उपाध्यक्ष पुनले बताउनुभयो । कार्यक्रममा धवलागिरी गाउँपालिकाका पुर्वअध्यक्ष थमसरा पुन, वडा अध्यक्ष यामबहादुर घर्तिले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर सुनारको अध्यक्षता र स्थानीय शिक्षक तुलप्रसाद पुनको सञ्चालनमा पुल उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । आम्दानी खर्च विवरण सार्वजनिक गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...