स्मृतिले ध्रुब विरुद्ध बहुबिवाह र भ्रुण हत्याको आरोपमा जाहेरी दर्ता गरिन्

Gandaki Pardesh notice

बेनी । म्याग्दीकी एक युवतिले प्रहरी निरिक्षक रहेका आफ्ना श्रीमान बिरुद्ध मंगलबार बहुबिवाह र भु्रण हत्या गराएको आरोपमा जाहेरी दर्ता गर्नुभएको छ ।

प्रहरी निरीक्षक धु्रब शर्माकी श्रीमति स्मृति शर्माले बहुबिवाह र गर्भ संरक्षण बिरुद्धको कसुर गरेको आरोपमा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउनुभएको हो ।
स्मृतिले धुबलाई बिवाह अघि रहेको गर्भलाई पतन गर्न बाध्य बनाएको, आफूलाई गर्भवति बनाएपछि अर्कै युवतिसँग बिवाह गर्न टिकाटालो गरेको, सम्बन्ध बिच्छेदका लागि मानसिक यातना दिएको र सरुवा भएपछि आफूलाई अलपत्र छाडेर सम्पर्क बिहिन भएको आरोप लगाउनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले शर्मा बिरुद्ध दर्ता भएका २ वटा जाहेरीका बिषयमा सरकारी वकिल कार्यालयसँग परामर्श गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत धु्रबको केही दिनअघि पोखरा सरुवा भएको थियो ।

धु्रबले स्मृतिलाई कानुनि र ब्यवहारिक हिसाबले श्रीमति स्विकार गरिसकेकको बताउदै आफ्नो चरित्रहत्या गर्न खोजिएको गुनासो गर्नुभएको छ । ‘‘श्रीमति स्विकार गरेर बिवाह दर्ता र नागरिकता दिलाएको छु,’’ उहाँले भन्नुभयो ‘‘सरुवा भएपछि उनलाई जानकारी गराएरै पोखरा गएको हो । नयाँ ठाउँमा काम सुरु गर्दा एक÷दुई दिन सम्पर्क टुटेको हुन सक्छ । हाम्रो सम्बन्धमा आएको खटपट एकाएक सामाजिक सञ्जालमा आउँदा मलाई पनि आश्चार्य लागेको छ ।’’
स्मृति र ध्रुबले बेनीकै मन्दिरमा बिवाह गरेका थिए । गत चैत महिनामा ध्रुबको पोखरामा एक युवतिसँगै बिवाहका लागि टिकाटालो भइसकेको थियो । स्मृतिसँगको सम्बन्धका कारण टिकाटालो भइसकेको बिवाह रद्द भयो । बिवाह गरेपछि शर्मा दम्पत्ती बेनीमै कोठा भाडा लिएर बस्दै आएका थिए ।

पछिल्लो पटक ध्रुबले सम्बध बिच्छेद गर्नका लागि बागलुङ अदालतबाट प्रक्रिया सुरु गर्नुभएको छ । आफूपनि स्मृतिबाट पिडित भएको बताउने शर्माले अदालतमा पुगिसकेको बिषयमा सार्वजनिक रुपमा प्रतिक्रिया नदिने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...