पोखराकप बास्केटबल प्रतियोगिताको उपाधी आयोजकले जित्यो

Gandaki Kotihome

सुरेन गुरुङ

पोखरा,। पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता–२०८१ को उपाधी आयोजक गण्डकी प्रदेशले जितेको छ ।

गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा बुधबार पोखरामा सम्पन्न प्रतियोगितामा बाग्मती प्रदेशलाई हराउदै गण्डकीले उपाधी जितेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा गण्डकीले बाग्मतीलाई ७८ का विरुद्ध ८१ स्कोर गर्दै जित निकालेको गण्डकीका मुख्य प्रशिक्षक विशन रानाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“दसौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको हो,” उहाँले भन्नुभयो “वाग्मतीका विरुद्ध जित निकालेर गण्डकीले इतिहाँस रचेका छौ ।” कर्णालीलाई २४ का विरुद्ध ८० स्कोर गर्दै लुम्विनी प्रदेश तेस्रो भएको छ ।

Notice about ban dadalo

बिजेता र उपबिजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद रु. एक लाख ११ हजार र रु. ६६ हजार छ सय ६६ प्राप्त गरेका छन् । तेस्रोले रु. ३३ हजार तीन सय ३३ नगद पुरस्कार पाएका छन् ।

म्याग्दीका सुदिप कार्कीको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको गण्डकीका राजु गुरुङले उत्कृष्ट खेलाडीको उपाधी पाउनुभयो । गण्डकीका १२ मध्य सुदिप सहित, योगेन्द्र बुढाथोकी, पुस्कल छन्त्याल, खेमराज पुन, सुशान्त कार्की र रनिक गर्बुजा म्याग्दीका हुन् ।

प्रतियोगितामा कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बीनी र कर्णाली प्रदेशले सहभागिता जनाएका गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष समेत रहनुभएका बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले बताउनुभयो । सुदुरपश्चिम प्रदेशले भने सहभागिता जनाएन् ।

गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभएको प्रतियोगिताको समापन उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...